×

NMB BANK
NIC ASIA

सडक छेउमै फोहोर फाल्दा मध्यपहाडी लोकमार्ग दुर्गन्धित

असोज १०, २०७७

NTC
Sarbottam
फाइल तस्वीर
Premier Steels
Marvel

मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वतको मोदी गाउँपालिकाको डिमुवा बजार र पातीचौर बजारबाट निस्केको फोहोर सडकको आसपासमानै बिसर्जन गर्दा मध्यपहाडी लोकमार्गको पोखरा–बागलुङ सडक दुर्गन्धित बन्न थालेको छ । 

Muktinath Bank

मोदी गाउँपालिकाको डिमुवा र पातीचौर बजारबाट दैनिक निस्किने फोहोरले राजमार्गमा दुर्गन्ध फैलिएको हो । गाउँपालिकाले फोहोर व्यवस्थापनको उचित विकल्प नखोज्दा एकातिर लोकमार्ग भत्किने खतरा बढेको छ भने अर्कोतिर फोहर सिधै ऊर्जा नदीको रुपमा परिचित मोदी खोलामा फालिदाँ नदीमा प्रदूषणसमेत बढेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पालिकाको केन्द्र रहेको पातीचौर बजारदेखि झण्डै ५०० मिटरको दूरीमा रहेको डिमुवा बजारभन्दा केही पर फोहोर फालिँदै आएको छ । दुवै बजारको सबै फोहोर सडक छेउमा फालिँदा दुर्गन्धले स्थानीय, सवारी चालक र यात्रामा निस्कने यात्री बढी समस्यामा पर्ने गरेका छन् । बर्खाको समयमा दुर्गन्ध नआए पनि अब गर्मीको समयमा फोहोरको दु्र्गन्ध फैलिएर समस्या पर्ने गरेको स्थानीय ठक्कर शर्माले बताए । राजमार्गमा फोहोर नफाल्न सम्बन्धित निकायलाई धेरै आग्रह गरे पनि कतैबाट सुनुवाइ नभएको उनको भनाइ छ ।


Advertisment
Nabil box
Kumari

राजमार्ग नजिकै फोहोर फाल्दा बसभित्रै नाक थुनेर यात्रा गर्नुपर्ने बाध्यता आएको यात्री गोपाल शर्माले बताउनुभयो । पैदल हिँड्दा त नाक थुनेर पनि वारपार गर्न कठिन हुन्छ । गर्मीयाम बढेसँगै आसपासका बस्तीमा चौबीसै घण्टा दुर्गन्धले बस्नै नसकिने स्थानीयवासीको गुनासो रहेको छ । 

Vianet communication
Laxmi Bank

बजारबाट निस्केको फोहरले डिमुवा–नयाँपुलङखण्डको डिमुवा बजार क्षेत्रको भाग पहिरोको जोखिममा छ । गाउँपालिका अहिले पनि व्यवस्थित स्थानको खोजीमा रहेको र अब छिट्टै उपयुक्त स्थानमा बजारको फोहोर व्यवस्थापन गरिने मोदी गाउँपालिकाका प्रशासकीय अधिकृत किसानबहादुर क्षेत्रीले जानकारी दिए। उनले फोहोर फाल्ने उचित ठाउँ पाउने बित्तिकै निर्माणका लागि काम शुरु गरिने बताए ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x