×

NMB BANK
NIC ASIA

‘भीआईपी’ क्षेत्रमा गिट्टी कुटेर गाँसको जोहो गर्दै यी ६७ वर्षीया वृद्धा

असोज १०, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–७ इत्राम ‘भीआईपी’ क्षेत्र हो ।

Sagarmatha Cement
Muktinath Bank

त्यो क्षेत्रमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको निवास छ । आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला, पर्यटन मन्त्री नन्दसिंह बुढा, भूमि व्यवस्था तथा सहकारी मन्त्री विमला केसी लगायत भीआईपीका गाडीहरू साँझबिहान इत्राम भएरै ओहोरदोहोर गर्छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

इत्राममै ६७ वर्षीया इन्द्रकला अधिकारी सडक छेउमा च्यातिएर धुजाधुजा भएको पालभित्र गिट्टी कुटिरहेकी हुन्छिन् । असोज महिनाको टन्टलापुर घाममा १ बोरा गिट्टी कुट्न उनलाई कम्तिमा ४ घण्टा लाग्छ । राम्ररी आँखा नदेख्ने भए पनि गाँसको जोहो गर्न उनले गिट्टी कुटिरहनुपर्छ ।


Advertisment
Nabil box
Kumari

वृद्धा इन्द्रकला गिट्टी कुट्ने पाल नजिकै प्रदेशसभा भवन छ । प्रदेशसभा चलिरहेका बेला सांसदहरू सोही बाटो ओहोरदोहोर गर्छन् । तर वृद्धावस्थामा कडा परिश्रम गरिरहेकी वृद्धातिर कसैको नजर पुगेको छैन ।

Vianet communication
Laxmi Bank

‘शुरूशुरूमा कसैले वास्ता गर्छन् कि भनेर मैले नमस्कार गर्ने गरेकी थिएँ । कोही नहेर्ने भएपछि आजकल मैले पनि वास्ता गर्न छोडेकी छु,’ उनले भनिन्, ‘कोरोना महामारीका बेला सरकारले हामी जस्ता बुढाबुढीको दुःखसुख हेरिदिएको भए हुन्थ्यो जस्तो लाग्छ ।’

रेडियोमा समाचार बज्दा सरकारले यति जनालाई राहत दियो भनेर सुन्ने गरेकी अधिकारीले आफ्ना लागि सरकार नभएको गुनासो गरिन् । ‘सबै हुनेखानेका पछि दौडिने रहेछन् । मेरा लागि त सरकार भने पनि ढुंगा नै हो, आफन्त भने पनि ढुंगा नै हो,’ उनले भनिन् ।

उनले सुर्खेतमा गिट्टी कुटेर गुजारा चलाउन थालेको ३५ वर्ष भएको छ । त्यसअघि उनी पतिसहित ज्यालादारी गर्न बजारमा जाने गर्थिन् । हाल उनका पति अस्वस्थ छन् । २०३५ सालतिर सरकारले उनलाई अस्थायी बसोबासका लागि थोरै जग्गा दिएको थियो । त्यो जग्गामा ऋण कर्जा गर्दै, ढुंगागिट्टी कुट्दै कच्ची घर बनाएका छन् । त्यही घरको आश्रयमा बस्ने र गिट्टी कुटेर गाँसको जोहो गर्ने इन्द्रकलाको दिनचर्या हो ।

‘दुधे बालकलाई काखमा च्यापेर उतिबेलैदेखि गिट्टी कुटथें । त्यही गिट्टी कुटेर मैले छोरालाई ८ कक्षा र छोरीलाई ६ कक्षासम्म पढाएँ । अहिले छोराबाट २ नातिनातिना छन् । छोराको परिवार पनि रोजगारीका लागि भारत बसेको छ । बुढाबुढी सुर्खेतमा छौं,’ उनले भनिन्, ‘छोराले भारतमा कमाएको पैसाले आफ्नै छोराछोरी पाल्न पुग्दैन, हामीलाई कसरी पालोस् ?’

एक बोरा गिट्टी कुट्दा १०० रुपैयाँ मात्रै कमाइ हुने बताउँदै उनले भनिन्, ‘म ३ दिनमा २ बोरा गिट्टी मात्रै कुट्न सक्छु । यो कमाइले श्रीमानलाई के खुवाउने ? आफू के खाने ? काम नगरी पनि नहुने भोकै मर्न पनि भएन ।’

विगतमा पतिले पनि गिट्टी कुट्न सघाउने गरे पनि अहिले अस्वस्थ छन् । पतिको उपचार खर्च र आफ्नो गाँसको जोहो गर्ने जिम्मेवारी इन्द्रकलाकै काँधमा छ । ‘हामी जस्ता गरीबको उपचार कसले गरिदिन्थ्यो र ? न सम्पत्ति छ, न शरीरमा तागत नै,’ उनले भनिन् ।

वृद्धभत्तामा विभेद !

पति बिरामी र आफू समेत राम्ररी आँखा नदेख्ने भएपछि सरकारले वृद्धभत्ता दिए हुन्थ्यो भन्ने आश गर्छिन् इन्द्रकला । तर उनलाई ७० वर्ष पुगेको छैन । सरकारले ७० वर्ष नपुगी वृद्धभत्ता दिँदैन ।

‘दलित समुदायका महिलालाई ६५ वर्षमै वृद्धभत्ता मिल्दो रहेछ, बाहुन भनेर सरकारले म जस्तो गरीबलाई हेर्न चाहेन,’ उनले गुनासो गरिन्, ‘म गरीब हुँदाहुँदै पनि बाहुन हुनु मेरो दोष हो ?’
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x