×

NMB BANK
NIC ASIA

क्यान्सर सतर्कता दिवस : ‘समयमा उपचार गरे निको हुन्छ क्यान्सर’

असोज १०, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

नेपालमा क्यान्सरको उपचारका लागि स्वदेशमै जनशक्ति उत्पादन र सेवामा विशिष्टीकरण आवश्यक रहेको औँल्याइएको छ । हरेक वर्ष ठूलो सङ्ख्यामा बिरामीहरु उपचारका लागि विदेश जाने गर्दछन् । विदेशिने रकम रोक्न र सस्तोमा सहज उपचारका लागि सेवा विशिष्टीकरण आवश्यक रहेको विज्ञहरुको भनाइ छ ।

Muktinath Bank

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल सञ्चालक समितिका अध्यक्ष डा निर्मल लामिछाने क्यान्सरका सबैजसो साधारण उपचार यहाँ गरिने भए पनि विशिष्टीकरण गर्न नसकिएको बताउँछन् । उनका अनुसार उच्च तहको प्रिसिसन रेडियो थेरापी गर्न सकिएको छैन । रोबटिक सर्जरी र बोनम्यारो प्रत्यारोपणजस्ता सेवा नेपालमा सहज उपलब्ध गराउनुपर्ने उनकोभनाइ छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

युरोलोजिष्ट (मूत्ररोग विशेषज्ञ) समेत रहनुभएका उनी जनशक्ति उत्पादन सहज हुन नसक्दा समस्या भएको धारणा राख्नुहुन्छ । राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान (नाम्स) बाहेक अन्यत्र क्यान्सरका विज्ञ जनशक्ति उत्पादन भएको जनाउँदै उनले यस अस्पताललाई प्राज्ञिक थलो बनाउन सकिने उनकोभनाइ छ । यहाँ रहेका २२ जनाभन्दा बढी विज्ञ चिकित्सकलाई तालिम दिएर प्राध्यापकका रुपमा काम लिन सकिने जनाइएको छ । समयमै क्यान्सरका जनशक्ति उत्पादन गर्नेतर्फ ध्यान दिनुपर्ने देखिन्छ । नर्सिङदेखि डिएमसम्मका क्यान्सरका जनशक्ति उत्पादन गर्न सकेमा उपचारमा सहज हुने छ ।


Advertisment
Nabil box
Kumari

अस्पतालका कार्यकारी निर्देशक डा देजकुमार गौतम यस अस्पताललाई प्रतिष्ठानको रूपमा विकास गरेर दक्ष र विज्ञ जनशक्ति उत्पादन गर्न सकिने बताउँछन् । उनले भने, “प्रशस्त जनशक्ति उत्पादन गर्न सके गाउँगाउँमा क्यान्सर पहिचान गर्न सहज हुन्छ ।”

Vianet communication
Laxmi Bank

अस्पतालका पूर्वकार्यकारी निर्देशक डा विजयचन्द्र न्यौपाने अस्पतालमा नर्सिङको पढाइ शुरु भएको जनाउँदै थप शैक्षिक कार्यक्रम ल्याएर नेपालकै नमूना प्रतिष्ठान बनाउन सकिने बताउँछन् । यहाँ रहेको पर्याप्त भौतिक पूर्वाधारसँगै जनशक्तिले प्रतिष्ठान सञ्चालन गर्न समस्या नरहेको जनाइएको छ । नेपालका ५० प्रतिशत क्यान्सरका रोगीहरु उपचारका लागि विदेश जाने गरेका छन् ।

समयमा उपचार गरे निको हुन्छ क्यान्सर

विज्ञहरुले समयमा नै उपचार गर्न सके क्यान्सर रोग निको हुने बताएका छन्  । खानपान, आनीबानीमा परिवर्तन गरेर क्यान्सर रोग लाग्नबाट बच्न सकिने उनीहरुको भनाइ छ । खानपानमा ध्यान दिने हो भने ४० प्रतिशत क्यान्सरको रोगी घटाउन सकिने उनीहरुको सुझाव छ । विश्वमा वर्षेनी एक करोड ४० लाख मानिसमा क्यान्सर देखिने गरेको तथ्याङ्क छ । विश्वमा एक वर्षमा ७६ लाखभन्दा बढी मानिसको मृत्यु क्यान्सरकै कारण हुने जनाइएको छ । नेपालमा हरेक वर्ष एक लाखभन्दा बढी क्यान्सर हुने गरेको अनुमान गरिएको छ । असी दशमलव नौ प्रतिशत क्यान्सरका बिरामी अन्तिम अवस्थामा मात्र अस्पताल पुग्ने गरेका छन् । नेपालमा फोक्सो, आन्द्रा, पेट, स्तन, पाठेघरको मुख र डिम्बाशयको क्यान्सरका बिरामी धेरै हुने गरेका छन् ।

कार्यकारी निर्देशक डा गौतम कतिपय क्यान्सरका रोगहरु आफँै परीक्षण गर्न सकिने बताउँछन् । उनले भने, “आफैँले छामेर वा लक्षणहरु हेरेर क्यान्सर हो÷होइन पत्ता लगाउन सकिन्छ ।” शरीरमा गिर्खा, गाँठागुठी देखिनु, कोठी, मुसाको रङ बदलिनु वा आकार बढ्दै जानु, लामो समयसम्म खोकी निको नहुनु, खाना निल्न गाह्रो हुनु, स्वर परिवर्तन वा धोद्रो हुनु क्यान्सरका लक्षण हुन् । यस्तै खकारमा रगत देखापर्नु वा लामो समयसम्म खोकी निको नहुनु, लामो समयसम्म दिसामा गोटा पर्नु, पातलो दिसा हुनु, दिसामा रगत देखिनु पनि क्यान्सरको लक्षण हुन् ।

महिनावारी नभएको बेलामा रगत देखिनु, महिनावारी रोकिएका महिलाको पुनः रक्तश्राव हुनु वा महिनावारीको समयपछि रक्तश्राव हुनु, स्तनमा गाँठागुठी देखिनु, मुन्टोबाट रगत मिसिएको दूध आउनु वा मुन्टो दबिनु क्यान्सरका लक्षणहरु भएको जनाइएको छ  । यसैगरी छोटो समयमै शरीरको वजन घट्नु, रक्तअल्पता देखिनु, ज्वरो आइरहनु, नाक, मुख, शरीरका अन्य छिद्रहरुबाट रगत आउनु पनि क्यान्सरका लक्षण भएको निर्देश डा गौतमले जानकारी दिए। यस्ता लक्षण देखिएमा तुरुन्त अस्पताल आउन पनि उनले सुझाव दिए।

अस्पतालका अध्यक्ष डा लामिछाने मानिसले व्यक्तिगत सरसफाइ र खानपानमा विशेष ध्यान दिन सकेमा क्यान्सर रोगबाट बच्न सकिने बताउनुभयो । उनका अनुसार चुरोट, बिडी, खैनी, सूर्ती, जाँड, रक्सी र लागुपदार्थ सेवन नगर्ने, बासी, सडेगलेको र ढुसी परेको खानाहरु नखाने, पोलेर डढेको मासु र अन्य खानेकुरा नखाने गर्दा पनि क्यान्सरबाट बच्न सकिन्छ ।

यसैगरी अखाद्य रङ प्रयोग गरिएका खानेकुराहरु नखान, चिल्लो बोसोयुक्त खानेकुरा र धेरै नुन नखान, आफ्नो गुप्ताङ्ग सधैँ सफा राख्न, मौसमअनुसारको हरियो सागपात, तरकारी र फलफूल दिनहुँ खान उनले सुझाव दिए।  महिलाले आफ्नो गर्भाशय श्राव परीक्षण प्रत्येक वर्ष गर्ने हो भने पनि क्यान्सरबाट बच्न सकिने उनकोसुझाव छ ।

यस्तै महिलाहरुले स्तनमा गिर्खा, गाँठागुठी पलाएको छ÷छैन प्रत्येक महिना आफँैले राम्ररी छामेर हेर्ने र फेला परेमा स्वास्थ्यकर्मीको परामर्श लिने गर्न सके स्तन क्यान्सरबाट बच्न सकिने डा लामिछाने बताउँछन् । अस्पतालका पूर्व कार्यकारी निर्देशक डा आचार्य रोगका विषयमा जनचेतना जगाउन नसकिएको स्वीकार्छन् । उनले भने, “सबैभन्दा पहिले क्यान्सरबारे सचेतना फैलाउनुप¥यो । जसले रोकथाम र नियन्त्रण गर्न सकिन्छ ।” मानिसले समयमै थाहा पाएमा उपचारबाट निको हुन सक्ने भएकाले आम नागरिकसम्म यस रोगका बारेमा जनचेतना जगाउनुपर्ने उनकोभनाइ छ । छिटो उपचार गर्न सकेमा निको हुने र खर्च कम लाग्ने उनकोभनाइ छ । 

अस्पतालका उपनिर्देशक डा कृष्णसागर शर्मा क्यान्सर समयमा नै पत्ता लगाएर उपचार गर्ने हो भने क्यान्सर पूर्णरूपमा निको हुने बताउँछन् । पहिलो र दोस्रो चरणमा क्यान्सर पत्ता लाग्यो भने निको हुने सम्भावना पनि धेरै हुने उनकोभनाइ छ ।

करिब एकतिहाइ क्यान्सर स्वच्छ खानपिन र आहार बिहारबाट रोक्न सकिने बताउँदै उनले भने, “एकतिहाइ क्यान्सरको शुरुकै अवस्थामा उपचार गरेर निको पार्न सकिन्छ । बाँकी एकतिहाइ क्यान्सर रोग निको नहुने खालका हुन्छन् । त्यसलाई पनि विभिन्न खालका उपचारबाट बाँच्ने बेलासम्मका लागि जीवनोपयोगी बनाउन र मानवीय जीवन जिउन सक्ने बनाउन सकिन्छ ।” पछिल्लो अध्ययनअनुसार मानिसमा हुने क्यान्सर एक सयभन्दा बढी प्रकारका छन् । तर त्यसमध्ये केही क्यान्सर भने अत्यधिक मात्रामा मानिसमा हुने गरेको पाइन्छ । यो रोग मानव शरीरको कुनै पनि अङ्गमा हुन सक्दछ । 

भरतपुरमा रहेको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल आज २० वर्ष पूरा गरी २१ वर्ष प्रवेश गरेको छ ।  चीनको सहयोगमा स्थापित यो अस्पतालमा हाल ४५० श्यया रहेका छन् । अस्पतालले विभिन्न कार्यक्रमको आयोजना गरी अस्पतालको वार्षिकोत्सव तथा सतर्कता दिवस मनाउँदैछ ।्

कोरोना सङ्क्रमणका कारण जुम प्रविधि मार्फत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालको उपस्थितिमा कार्यक्रम गरिँदैछ । यस अस्पतालको स्थापना दिवसलाई नै सरकारले क्यान्सर सतर्कता दिवसका रुपमा मनाउँदै आएको छ । अस्पतालमा गत आर्थिक वर्षमा चार हजार ८९४ नयाँ क्यान्सरका रोगीको उपचार गरिएको छ । अस्पतालको तथ्याङ्कअनुसार गत आवमा एक लाख ४५ हजार ७७६ जनाको बहिरङ्ग सेवामा उपचार गरिएको छ । जसमध्ये ३२ हजार ८३१ नयाँ हुन् । अस्पतालले तीन हजार ९३९ जनाको शल्यक्रिया गरेको जनाएको छ । 

अस्पतालले एक वर्षमा रक्तक्यान्सरका बिरामीलाई म्याक्स फाउण्डेशनबाट प्राप्त रु २० करोड १९ लाखको औषधि निःशुल्क वितरण गरेको छ । यसैगरी विपन्नलाई १६ करोड र क्यान्सर सेवामार्फत रु ५२ लाखको औषधि वितरण गरिएको छ । ७० वर्षमाथिकालाई निःशुल्क सेवावापत रु १६ लाख ९६ हजार ३३५ र १५ वर्ष मुनिकालाई रु एक करोड ६७ लाख ४१ हजार ४९७ बराबरको उपचार निःशुल्क गरिएको छ । 
–––

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x