कोरोनाबाट एक पुरुषको मृत्यु

कोरोना सङ्क्रमणबाट यहाँ एक पुरुषको मृत्यु भएको छ ।

धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत  राजविराज नगरपालिका–३ हटियाका ६३ वर्षीय पुरुषको मृत्यु भएको हो । उनी राजविराजस्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसमा प्राध्यापन पेशामा सम्लग्न थिए।


Advertisement

ज्वरो, खोकी र श्वासप्रश्वासमा कठिनाइ भएपछि मोरङको विराटनगरस्थित विराट मेडिकल कलेजमा भर्ना भएका उनीको स्वास्थ्य अवस्था जटिल भएपछि धरान भर्ना गरिएको थियो ।

धरानमा भर्ना भएका उनको गएराति मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । धरानमा गरिएको परीक्षणमा कोरोना सङ्क्रमण पुष्टि भएपछि उनलाई प्रतिष्ठानको कोभिड अस्पतालमा सारिएको थियो । यससँगै  कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १४ पुगेको छ ।
 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्