कात्तिक २१, २०८०
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
तनहुँको घिरिङ गाउँपालिका–१ अत्रौलीका नोमनाथ पोखरेललाई घरमा कहिले बिजुली बत्ती बल्ला भन्ने धेरै वर्षौंदेखिको सपना रहेको थियो । वर्षौंदेखि बत्तीको आशमा बस्नुभएका पोख्रेलको अनुहारमा अहिले भने छुट्टै उत्साह देखियो, कारण वर्षौदेखिको चाहना अहिले आएर पूरा भएको छ । “बत्ती कहिले बाल्न पाइएला भन्ने लागेको थियो, अहिले त घरमै बत्ती आयो,” पोखरेलले खुशी हुँदै भन्नुभयो, “बत्ती आएपछि त घर नै उज्यालो भएको छ ।”
तनहुँको घिरिङ गाउँपालिकाले उक्त ठाउँमा १०० घरधूरीमा बिजुली विस्तार गरेपछि यहाँका स्थानीयवासी हर्षित छन् । स्थानीयवासी एवं नेपाल कम्युनिष्ट पार्टीका नेता विष्णुभक्त सिग्देलले वर्षौंदेखि बत्तीको आशमा बसेका यहाँका स्थानीयवासी विद्युत विस्तारपछि खुशी भएको जानकारी दिए। “सुखी नेपाली, समृद्ध नेपाल बनाउने अभियानले तीव्रता पाउँदैछ, बिजुली विस्तार पनि त्यसकै एउटा पक्ष हो,” उनले भन्नुभयो, “जनप्रतिनिधि निर्वाचित भएर आएपछि गाउँगाउँमा बिजुली विस्तारले तीव्रता पाएको छ ।”
अत्रौलीमा १४० घर रहेपनि १०० घरमा बिजुली बलेको र बाँकी घरमा पनि केही दिनभित्रै बत्ती बल्ने घिरिङ विद्युतीकरण उपभोक्ता समितिका अध्यक्ष होमबहादुर थापाले जानकारी दिए। “बत्ती बल्न बाँकी रहेका घरहरुमा मिटर जडानको काम भइरहेको छ, केही दिनमै बाँकी घरमा पनि बत्ती बल्छ,” उनले भने। उहाँका अनुसार एक हप्ताको अवधिमा २०० घरमा बिजुली विस्तार भइसकेको छ । यस अगाडि घिरिङ गाउँपालिका–२ काठेकोटका ४२ र माहोरकोटको ५९ घरमा बिजुली विस्तार गरिएको थियो ।
थापाले साविक गजरकोट गाउँ विकास समितिको नेवार हटिया, कटहरे, हात्तीडाँडा, भन्टार, गड्यौली, नयाँटार, जगौलीलगायतका ठाउँमा पनि बत्ती बाल्ने तयारी भइरहेको जानकारी दिए। गाउँपालिकामा अब आठ÷नौ सय घरमा मात्रै बत्ती बल्न बाँकी रहेको र कात्तिकसम्ममा सबै घर उज्यालो बनाइने थापाले जानकारी दिए। गाउँपालिकाले यहाँका ग्रामीण वस्तीमा धमाधम विद्युत् विस्तार कार्यलाई तीव्रता दिइरहेको गाउँपालिकाका अध्यक्ष रनबहादुर थापाले जानकारी दिए। रानाले ‘उज्यालो घिरिङ’ अभियान सम्पन्न हुने क्रममा रहेको बताए ।
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...
दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो । यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...