फागुन ४, २०८०
ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ। अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ । ...
चैत पहिलो साता हतारमै वार्षिक परीक्षा सकाएपछि आइतमान गुरुङ विद्यालय जान पाएका थिएनन् । क्व्होलासोंथर गाउँपालिका–४ भुजुङस्थित त्रिभुवन माविमा कक्षा ९ मा पढ्ने उनलाई ६ महिनापछि विद्यालय पुग्दा नौलो लाग्यो । यस्तो लाग्नेमा उनी एक्लो विद्यार्थी थिएनन् । कारण विद्यालय प्रवेश गर्दा र पढ्दा अपनाइने व्यवहार यसअघिका भन्दा फरक थिए ।
अहिले कक्षाकोठामा पस्दा अनिवार्य साबुनपानीले हात धुनुपर्छ । नभए सेनिटाइजर लगाउनुपर्छ । बेन्चमा पहिले चार जना बस्थे, अहिले दुई जना मात्रै बस्न पाइन्छ । विद्यार्थीको उपस्थितिमा पनि जोरबिजोर प्रणाली लागू गरिएको छ । जसअनुसार रोल नम्बरका आधारमा विद्यार्थी आलोपालो गर्दै विद्यालय आउँछन् ।
क्व्होलासोंथर–६ पसगाउँस्थित पसगाउँ ठाँटी माविमा कक्षा १० मा पढ्ने मानिका घर्तीलाई पनि पठनपाठनको शैली नौलो लागेको छ तर ढिलै भए पनि विद्यालय खुलेकोमा खुसी छिन् । ‘मास्क लगाएर पढिरहेका छौं । सर पनि मास्क लगाएरै पढाउनुहुन्छ,’ उनले भनिन्, ‘पढाइ धेरै छुट्यो । ढिलै भए पनि पढाइ सुरु भयो, खुसी छु ।’
त्रिभुवन विद्याश्रम माविका प्रधानाध्यापक दुर्गाबहादुर गुरुङले विद्यार्थी आलोपालो आइरहेको बताए । सेनिटाइजर र मास्क गाउँपालिकाले उपलब्ध गराएको छ । पसगाउँ ठाँटी माविका प्रअ रतनसिंह गुरुङले स्वास्थ्य सुरक्षा सतर्कता अपनाएर पठनपाठन थालिएको बताए । टोल–टोलमा पढाउँदा प्रभावकारी नभएपछि विद्यार्थीलाई विद्यालयमै बोलाइएको उनको भनाइ छ । सुरक्षित तबरले कक्षा सञ्चालन गरिएकाले सबै विद्यार्थी पढ्न आएका उनले दाबी गरे ।
गाउँपालिकाका शिक्षा शाखा प्रमुख दीपक पौडेलले विद्यार्थीको सिट प्लान, मास्क र सेनिटाइजर अनिवार्य प्रयोग, साबुनपानीले हात धुनेलगायत १४ बुँदे आचारसंहिता जारी गरेर पठनपाठन थालिएको बताए । कान्तिपुर दैनिकमा खबर छ ।
ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ। अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ । ...
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग एकता गर्न नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...
बुटवल, १५ फागुन- भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...
अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...
चालुु आर्थिक वर्ष २०८०/८१ मा नेपाली श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...