पुस्कल र विष्णुको 'एक दिन' युट्युबको ट्रेन्डिङमा [हेर्नुहोस् भिडियो]

 गायक पुस्कल शर्मा र विष्णु माझीको सुमधुर आवाजमा नयाँ लोकदोहोरी गीत ‘एक दिन’ सार्वजनिक भएको छ  ।

पिताम्बर विस्ट आनन्दको शब्द रचनामा गायक पुस्कलले नै संगीत भरेका छन् । सो गीत  शुक्रवार पुस्कल शर्मा यूट्युव च्यानलबाट सार्वजनिक गरिएको छ ।


Advertisement

सार्वजनिक भएको २ दिनमा (समाचार तयार पार्दासम्म) यो गीतको भिडियो ७९ हजार ५ सय ४५ पटक हेरिएको छ । यो गीत सार्वजनिक भएको केही समयमै यूट्युबको ट्रेण्डिङमा पर्न सफल भएको छ ।

मन्दिर म्युजिकको प्रस्तुतिमा रहेको यस गीतमा पुस्कल शर्मा र सारिका केसीले मोडलिङ गरेका छन् । गीतको संगीत संयोजन बिनोद बाजुरालीले गरेका छन् भने बिमल छिनाल र राजेन्द्र बाजुरालीले रेकर्डिङ गरेका हुन् । 


Advertisement

गायक शर्माका यसअघिका विभिन्न गीतहरू चर्चामै रहिरहने गीतहरू हुन् । अहिले महामारीका बीचमा निकै मेहनतका साथ गीत तयार पारिएको भन्दै गायक शर्माले लोकान्तरसँग भने,‘महामारीका बीचमा निकै मेहनतका साथ गीत ल्याएका छौं, सफलता प्राप्त हुनेमा विश्वस्त छौं ।’ 

उनले आफ्ना अधिकांश गीतलाई श्रोता तथा दर्शकले रुचाइदिएको स्मरण गर्दै यस गीतमा पनि दर्शकको माया पाउने विश्वास व्यक्त गरे । 
 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्