×

NMB BANK
NIC ASIA

सम्झनाको बलात्कारपछि हत्या : पोस्टमार्टम रिपोर्ट

असोज ११, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

गत बुधबार मन्दिरभित्र मृत अवस्थामा भेटिएकी बालिका सम्झना कामीको बलात्कारपछि हत्या भएको पुष्टि भएको छ ।

Muktinath Bank

जिल्ला अस्पताल बझाङले तयार गरेको पोस्टमार्टम प्रतिवेदनले बलात्कारपछि हत्या भएको पुष्टि गरेको हो । ‘यौनांगमा भित्री र बाहिरी चोटहरू रहेको भनेर पोस्टमार्टम रिपोर्टमा लेखिएको छ,’ प्रहरी स्रोतले कान्तिपुरलाई भन्यो, ‘टाउको, अनुहार, पिठिउँलगायत शरीरका विभिन्न ठाउँमा चोटपटक देखिएको रिपोर्टमा उल्लेख छ । बाहिरी चोटहरू सम्झनाले बलात्कारीसँग प्रतिकार गर्ने क्रममा लागेको देखिन्छ ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सम्झनाको मृत्यु भने कलेजो च्यातिएको कारणले भएको पोस्टमार्टम रिपोर्टले देखाएको छ । उनको कलेजोको दुई ठाउँमा ठुल्ठूला घाउ रहेको र त्यसैका कारण मृत्यु भएको रिपोर्टमा उल्लेख गरेको प्रहरी स्रोतले बतायो । कलेजोको चोट उनलाई हत्याराले हिर्काउँदा लागेको हुन सक्ने अनुमान गरिएको छ । जिल्ला अस्पताल बझाङले सम्झनाको पोस्टमार्टम रिपोर्ट शनिबार जिल्ला प्रहरी कार्यालयमा बुझाएको हो ।


Advertisment
Nabil box
Kumari

सम्झना हत्यासम्बन्धी थप प्रमाण जुटाउन भन्दै जिल्ला प्रहरी प्रमुख डीएसपी रूपक खड्का, प्रहरी निरीक्षक लोकेन्द्रसिंह कार्की र निमित्त जिल्ला न्यायाधिवक्ता सन्तोषकुमार कटुवालसहितको टोली पुनः घटनास्थल मस्टा गाउँपालिकाको खिकाला गएको छ ।

Vianet communication
Laxmi Bank

टोलीले शनिबार दिनभरि घटनास्थलको निरीक्षण र स्थानीयसँग सोधपुछ गरेको थियो । घटना भएको खबर आएलगत्तै बुधबारको राति नै खिकाला पुगेको प्रहरीको टोलीले बालिका घरबाट निस्कँदा बोकेको डोको, नाम्लो र हँसिया कसैले नछुनू भन्दै घटनास्थलमै छाडेर आएको थियो । ‘शनिबार हामीले शंकास्पद व्यक्तिले घटना भएको दिन गरेका गतिविधिहरू बुझ्ने र घटनास्थल हेर्ने काम गरेका छौं,’ प्रहरी निरीक्षक लोकेन्द्रसिंह कार्कीले भने, ‘घटनाक्रम हेर्दा हामीले पक्राउ गरेको आरोपित नै दोषी हो कि भन्ने प्रमाणहरू बलियो हुॅदै गएका छन् । तर उसले अपराध स्वीकार गरिसकेको छैन ।’

उनले घटनास्थलमा रहेको डोको, नाम्लो र हँसिया मृतक सम्झनाको फुपूले उठाइसकेको र सुरक्षित राख्न भनिएको बताए । लामो समय घटनास्थलमै रहेको र त्यो बीच वर्षाले पखालिसकेकाले यी वस्तु प्रमाणका रूपमा काम नलाग्ने देखेर प्रहरीले छाडेको कार्कीको भनाइ छ ।

यसैबीच हत्यामा संलग्नलाई कारबाही माग गर्दै जिल्ला सदरमुकाम चैनपुरमा स्थानीयले दबाबमूलक कार्यक्रम गरेका छन् । मृत बालिकाका परिवार र छिमेकीहरू, विभिन्न अधिकारकर्मी, संघसंस्था, सदरमुकामका उद्योगी व्यवसायी तथा राजनीतिक दलका भ्रातृ संगठनहरूले सम्झनाको हत्यारा छिटो सार्वजनिक गर्नुपर्ने माग राख्दै नाराजुलुससहित बजार परिक्रमा गरेका थिए । महिला तथा बालबालिकाको समेत उल्लेख्य उपस्थिति रहेको दबाब कार्यक्रमका सहभागीले ‘निर्दोष नफसोस्, अपराधी नउम्कियोस्, सम्झनालाई न्याय दे, बलात्कारीलाई फाँसी दे’ जस्ता प्लेकार्ड बोकेका थिए ।

उनीहरूले हत्यारा लुकाउन सक्ने सम्भावना भएको भन्दै निष्पक्ष छानबिनका लागि निरन्तर खबरदारी गरिने बताएका थिए । बजार परिक्रमापछि लोकतान्त्रिक चोकमा भएको दबाब सभामा बोल्नेहरूले हत्यारालाई उन्मुक्ति दिने खालका गतिविधि कसैले नगर्न चेतावनीसमेत दिएका छन् । ‘गरिब र दलितको पक्षमा कोही छैन भनेर अपराधी लुकाउन चलखेल हुन सक्छ,’ स्थानीय युवा प्रवीन्द्र धामीले भने, ‘यो अमानवीय घटनाको निष्पक्ष छानबिनका लागि सबैले निगरानी र खबरदारी गर्नु जरुरी छ ।’

जिल्ला प्रहरी प्रमुख डीएसपी रूपक खड्काले आफ्ना सबै संयन्त्र परिचालन गरेर अनुसन्धानमा खटिएकाले अपराधीलाई कारबाही हुने कुरामा कुनै शंका नगर्न आग्रह गरे । ‘प्रहरीले गम्भीर ढंगले अनुसन्धान गरिरहेको छ, हामी अपराधीको निकै नजिक पुगिसकेका छौं,’ उनले भने ‘छिट्टै अपराधी सार्वजनिक गरिनेछ ।’ कान्तिपुर दैनिकमा वसन्तप्रताप सिंहले खबर लेखेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x