चाडबाड नजिकिँदा घट्यो सुनको मूल्य, कति छ आज ?

साताको पहिलो दिन नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुन प्रति तोला ९३ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । 


Advertisement

अघिल्लो दिनको तुलनामा यस दिन छापावाल सुनमा प्रति तोला ६ सय रुपैयाँको गिरावट भएको छ । 

अघिल्लो दिन यस्तो सुन प्रति तोला ९३ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । 


Advertisement

यस दिन तेजाबी सुन प्रति तोला ९२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

अघिल्लो दिन यस्तो सुन प्रति तोला ९३ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । 

यस दिन चाँदीको मूल्य प्रति तोला १० रुपैयाँले घट्दै १ हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । 

अघिल्लो दिन चाँदी प्रति तोला १ हजार  सय ६० रुपैयाँमा कारोबार भइरहेको थियो । 
 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्