×

NMB BANK
NIC ASIA

बहसमा साताको २ दिन सार्वजनिक बिदा : व्यवसायीको प्रश्न– घुम्नै जाने कि पिकनिक मात्र ?

असोज ११, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

कोरोनाभाइरस (कोभिड– १९)ले आक्रान्त पारेको नेपालको पर्यटन व्यवसाय यतिखेर चल्मलाउने प्रयास गर्दैछ । 

Sagarmatha Cement
Muktinath Bank

सरकारी तथा गैरसरकारी संस्थाहरू शिथिल पर्यटन क्षेत्रलाई अब कसरी चलायमान बनाउने भन्नेतर्फ सोचिरहेका छन्, जसको प्रमाण हो, पछिल्लो समय चर्चामा रहेको सार्वजनिक बिदाको विषय । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आन्तरिक पर्यटनको प्रवर्द्धन गर्नका लागि भन्दै सातामा २ दिन सार्वजनिक बिदा गर्ने योजना बनाएको छ । 


Advertisment
Nabil box
Kumari

केही दिनअघि एक कार्यक्रमलाई सम्बोधन गर्दै पर्यटनमन्त्री योगेशकुमार भट्टराईले यसबारेमा औपचारिक रूपमा मुख खोलेका थिए, जसलाई मूर्त रूप दिने गृहकार्यमा मन्त्रालय जुटेको छ । 

Vianet communication
Laxmi Bank

बिहीवार मन्त्रालयले ७ सदस्यीय समिति गठन गर्दै २ दिन सार्वजनिक बिदा दिने विषयबारे अध्ययन प्रतिवेदन तयार पार्न २ महिनाको समय दिएको छ ।

मन्त्रालयका पर्यटन महाशाखाका प्रमुख प्रदीपकुमार कोइरालाको संयोजकत्वमा गठित समितिले २ दिन सार्वजनिक बिदा दिँदा आन्तरिक पर्यटन प्रवर्द्धनमा कस्तो प्रभाव पर्छ, सकारात्मक विषय के हुन सक्छन् ? यी र यस्तै विषयमा गहन अध्ययन गरी प्रतिवेदन तयार पार्नेछ । 

सोही प्रतिवेदनका आधारमा मन्त्रालयले मन्त्रिपरिषद्लाई साताको २ दिन बिदा दिने निर्णय पास गराउन प्रस्ताव गर्ने मन्त्रालयका सहसचिव एवं प्रवक्ता कमलप्रसाद भट्टराईले लोकान्तरलाई बताए ।

यसअघि आन्तरिक पर्यटनलाई बेवास्ता गरेको आरोप खेप्दै आएको मन्त्रालयले अब यसबाट भने ‘जस’ पाउने अपेक्षा गरेको छ । यद्यपि यसबारेमा अन्य पर्यटन क्षेत्र तथा प्रशासन क्षेत्रका विज्ञहरूले भने असन्तुष्टि जनाएका छन् ।

२ दिने बिदाले गर्ला त आन्तरिक पर्यटन प्रवर्द्धन ? 

मन्त्रालयले आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने विषयमा पर्यटन व्यवसायी तथा विज्ञहरू खुशी बनेका छन् । यद्यपि २ दिनको बिदा यसका लागि पर्याप्त नभएको टिप्पणी उनीहरूको छ । २ दिन सार्वजनिक बिदामा काम गर्न नपर्ने हुँदा केही सरकारी कर्मचारीहरूलाई हाइसञ्चो हुने बताउँदै कतिपय विज्ञहरूले भने यसमा असन्तुष्टि जनाएका छन् । 

पूर्व प्रशासक एवं सरकारका पूर्व मुख्यसचिव विमल कोइराला २ दिन सार्वजनिक बिदा दिनु आफैंमा खराब नहुने भन्दै त्यसलाई कडाइका साथ कार्यान्वयनमा ल्याउनुपर्नेमा जोड दिन्छन् ।

लोकान्तरसँग उनले भने, ‘अन्तराष्ट्रिय अभ्यास हो यो, २ दिन बिदा दिनु नराम्रो त हैन, तर यसलाई व्यवस्थित बनाएर लैजान सकेमा राम्रो हुन्छ ।’

उनले आन्तरिक पर्यटनलाई वृद्धि गर्न निजी क्षेत्रलाई स्वतन्त्र छाड्नुपर्नेमा जोड दिए । ‘निजीलाई पनि २ दिन बिदा भन्ने कुरा नसुहाउन सक्छ, उसलाई स्वतन्त्र हुन दिएर सरकारी बिदा २ दिन दिन सकिन्छ,’ उनले भने ।

‘सरकारी कर्मचारी पनि तल्लो तहकाले धेरै खर्च गर्न सक्दैनन् । रकम अभावमा २ दिन बिदामा बाहिर बसेर खान रुचाँदैनन् । त्यसकारण उनीहरूलाई पनि हुने गरी सरकारले व्यवस्थापन गरेर अगाडि बढ्न सके सोचेअनुरूप लक्ष्य हासिल हुन सक्छ,’ उनले भने । 

यद्यपि व्यवस्थापन पक्ष कमजोर भएमा त्यो प्रतिउत्पादक हुने उनको आशंका छ ।​

प्रशासनविद् भीमदेव भट्ट यस विषयमा आफू पूरै नकारात्मक रहेको बताउँछन् । लोकान्तरसँग उनले भने, ‘काम गर्ने दिन कम गर्दैमा रोग नलाग्ने भन्ने अवस्था अहिले छैन, ६ दिन कार्यालय खोल्दा त विभिन्न बाहनामा कर्मचारीहरूले ढिलासुस्ती गरिरहेको समयमा झन् बिदा थप गर्दा उनीहरूलाई बहाना मिलिरहने देखिन्छ, जनताले दुःख पाइरहन्छन् ।’

‘कोरोनाका कारण सबै बन्द गर्दा अर्थतन्त्र चौपट भयो भनेर सबै खुलाउने, अर्कातिर सरकारी बिदा थप गर्ने, यो त सिधै जनतालाई ठग्ने मेसो भयो,’ उनले थपे, ‘६ दिन सरकारी कार्यालय खुल्दा चुस्तदुरुस्त रूपमा जनतालाई सेवा दिन नसकेको अवस्था छ, अब बिदा थपिएको र काम गर्ने समय घटेको अवस्थामा त सेवा नै नपाइने देखिन्छ ।’

‘महामारीका बेलामा सरकारले जनतालाई चुस्त दुरुस्त सेवा दिनुपर्नेमा २ दिनको बिदा कार्यान्वयनमा ल्याउन खोज्नु ‘बेमौसमको बाजा बजाउनु’ हो,’ उनले भने ।

के भन्छन् पर्यटन क्षेत्रका विज्ञहरू ?

पर्यटन क्षेत्रका विज्ञहरू २ दिन सार्वजनिक बिदा दिएर आन्तरिक पर्यटन प्रवर्द्धनमा सकारात्मक छन्, यद्यपि यस्तो बिदा पर्याप्त नहुने उनीहरूको भनाइ छ । 

पूर्व पर्यटनमन्त्री आनन्द पोखरेल अहिलेको सन्दर्भमा मध्यमस्तरको आय भएका नागरिकहरूको संख्या धेरै भएको र पश्चिमा संस्कृतिमा मानिस रमाउन थालेको सन्दर्भमा २ दिन सार्वजनिक बिदा गर्दा पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने बताउँछन् । 

उनले भने, ‘अहिले नेपालमा मध्यमस्तरका आय भएका मानिसहरू बढी छन् भने बिस्तारै पश्चिमा संस्कृतिमा रमाउन पनि थालेका छन् । यसको मतलब राति समय बिताउने, रमाइलो गर्नेमा नागरिकहरू बढी उत्साहित हुन्छन्, त्यसकारण पनि बिदाको विषय सकारात्मक छ ।’

अहिले मुलुकमा ‘विकेन्ड’ मनाउने  चलन विस्तार हुँदै गएको अवस्थामा २ दिन बिदा मिल्दा कहीँ गएर रमाइलो गर्ने परिपाटी विकास हुने र त्यसले पर्यटन प्रवर्द्धनमा टेवा मिल्ने उनको आशा छ । 

यसरी सरकार अगाडि बढ्दा कुनै सरकारी कामकाजमा असर नपुग्ने दाबी गर्दै उनले यस्तो बिदाले जनतामा पनि खुशीको विस्तार हुने, आन्तरिक पर्यटनसँगै पर्यटन उद्योगको विकास हुने विश्वास व्यक्त गरे । 

नेपाल पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रचण्डमान श्रेष्ठले पर्यटन क्षेत्रको अवस्था सुधार गर्न बिदाले केही सहज हुने विश्वास व्यक्त गरे । लोकान्तरसँग उनले भने, ‘आन्तरिक पर्यटन प्रवर्द्धन गरिएको खण्डमा पर्यटन उद्योगलाई केही सहज हुने र अन्तर्राष्ट्रिय पर्यटकहरू पनि यहाँ आउने देखिन्छ, त्यसकारण सरकारले गर्न खोजेको काम सकारात्मक छ ।’

अहिले कोरोना महामारीको अवस्थामा सरकारले आन्तरिक पर्यटकहरूको पनि जीवन रक्षा गर्नुपर्ने अवस्था भने रहेको उनले बताए । उनले सरकारले आन्तरिक पर्यटकहरूलाई जोखिम कम गर्ने उपाय अवलम्बन गर्दै यस्तो नीति लिँदा राम्रो हुने स्पष्ट पारे । 

‘आन्तरिक पर्यटकमध्ये कसले बढी घुम्न रुचाउँछन्, यसबारे सरकारले पनि अध्ययन गर्नुपर्छ । अनि मात्रै बिदा छुट्याउनुपर्छ,’ उनले भने,‘घुम्न जाने र खर्च नगर्ने पनि हुन सक्छन्, वा घुम्न नजाने नै पनि हुन सक्छन्, त्यसकारण यसमा सरकारले विशेष प्याकेज सिर्जना गर्नुपर्छ ।’

२ दिनमा पिकनिक जाने कि घुम्न ? 

पर्यटन व्यवसायी कर्ण शाक्य २ दिन बिदा अपर्याप्त हुने बताउँछन् । उनले लोकान्तरसँग प्रश्न गरे, ‘२ दिनको बिदामा पिकनिक जाने कि घुम्न ?’ 

आन्तरिक पर्यटन प्रवर्द्धनका लागि सरकारले प्रयास गर्नु सकारात्मक भएपनि २ दिनको बिदा काठमाडौं उपत्यकाभित्रलाई मात्रै सहज हुने उनले स्पष्ट पारे । 

उनले सरकारले साताको २ दिन बिदा गर्नुको साटोमा कुनै महिनाको एक हप्ता वा १५ दिन भ्रमण बिदा भनेर छुट्याएमा यसले साँच्चै नै आन्तरिक पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने उल्लेख गरे । 

उनले भने, ‘काठमाडौंमा त २ दिन ठीकै होला, तर जान १ दिन लाग्ने ठाउँमा पुगेर मात्रै फर्कने ? यसरी त कसरी हुन्छ ?’

यता ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का अध्यक्ष खुम सुवेदी शाक्यकै कुरामा समर्थन जनाउँछन् । 

लोकान्तरसँग उनले २ दिनको सार्वजनिक बिदा दिनुभन्दा एक साता वा १५ दिन लामो भ्रमण बिदा दिएमा आन्तरिक पर्यटनको विकास हुने बताए । उनले भने, ‘२ दिनमा त पिकनिक जान मात्रै भ्याइन्छ, अन्त कहाँ घुम्ने ?’

पहिले असफल भएको मोडल अब सफल होला ? 

२ दिन सार्वजनिक बिदा दिने विषय नयाँ भने होइन । वि.सं. २०४६ सालमा गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा काठमाडौं उपत्यकाभित्र मात्रै हप्तामा २ दिन सार्वजनिक बिदा दिने निर्णय भएको थियो । 

खर्च कटौती गर्ने लगायतका विभिन्न कारण देखाइ सार्वजनिक बिदा थपिएको थियो । यद्यपि त्यो बिदाले न खर्च कटौती भयो न त कुनै ठोस सफलता नै । पेट्रोल तथा गाडी खर्च जोगाउने भनेर थपिएको त्यो बिदा अवधिमा पेट्रोल खर्च झनै बढेको जानकारहरू बताउँछन् । बिदाको गलत प्रयोग बढेसँगै नेपाल पुनः एक दिन मात्रको बिदामा फर्किएको थियो । 

पर्यटन बोर्डका पूर्व सीईओ प्रचण्डमान श्रेष्ठ यसअघिको २ दिन बिदा गलत प्रयोग भएकाले फिर्ता लिइएको स्मरण गर्छन् । 

काठमाडौंमा अधिकांश केन्द्रीय कार्यालयहरू थिए । त्यतिखेर घुम्न जानका लागि २ दिन बिदा दिइए पनि अधिकांश मानिस घरमै बस्ने गरेकाले अन्ततः त्यो मोडल असफल भएको उनी सम्झन्छन् । 

उनले सरकारले यस्तो प्रवृत्तिलाई नियन्त्रण गर्न नसके  अहिले पनि यो मोडल असफल हुन सक्ने उनले बताए । 

पूर्व प्रशासक भीमदेव भट्ट विगतको अनुभवमा पनि यो प्रभावकारी नदेखिएको बताउँछन् ।

‘जहाँ गाह्रो त्यहाँ झन् साह्रो’ भनेजस्तो सरकारले महामारीका समयमा जनतालाई झन् दुःख दिन खोजेको उनको आरोप छ ।

मन्त्रालय के भन्छ ?

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदार अधिकारी अहिले मन्त्रालयको ध्यान आन्तरिक पर्यटन प्रवर्द्धनमा केन्द्रित भएको बताउँछन् ।

‘आन्तरिक पर्यटनको विकास कसरी गर्न सक्छौं, त्यसबारे २ दिनको सार्वजनिक बिदा एक प्रयास हो, प्रस्ताव हो, सरकारले स्वीकृत गर्छ, गर्दैन थाहा छैन,’ लोकान्तरसँग उनले भने । 

पहिले असफल भएका कारणले अहिले कसरी सफल हुन्छ, पर्यटन क्षेत्रमा कस्तो प्रभाव पर्छ ? सरकारी काममा असर कस्तो गर्छ ? यसबारे अध्ययन गर्न लागिएको उनले बताए । उनले भने, ‘हामीले अध्ययन गरेर प्रस्ताव गर्छौं, छलफल गर्छौं, बिदाको प्रणाली नै बदल्ने कुरा हो, मन्त्रिपरिषद्ले निर्णय गर्ने कुरा हो ।’

आन्तरिक पर्यटन प्रवर्द्धनलाई हप्ता/दश दिन भ्रमण बिदा दिने विषय अलग भएको भन्दै आवश्यक परेमा यसबारेमा मन्त्रालयले परामर्श गर्ने उनले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...

पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

मंसिर १०, २०८०

सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...

चैत १, २०८०

सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...

माघ २, २०८०

आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...

माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x