त्रिभुवन विश्वविद्यालयले शुरू गर्‍यो ह्याण्ड स्यानिटाइजरको उत्पादन

तस्वीर सौजन्य : डा. गिरिराज त्रिपाठीको फेसबूक

त्रिभुवन विश्वविद्यालयले ह्यान्ड स्यानिटाइजरको उत्पादन शुरू गरेको छ । 

डा. गिरिराज त्रिपाठी नेतृत्वको टोलीले ह्यान्ड स्यानिटाइजरको उत्पादन शुरू गरेको हो । 


Advertisement

एग्रो बायोमटेरियल रिसर्च सेन्टरमा तयार भएको स्यानिटाइजर विश्वविद्यालयले आन्तरिक प्रयोजनका लागि प्रयोग गर्ने छ । 

 डा. गिरिराज त्रिपाठीले सामाजिक सञ्जाल फेसबूकमा एक स्ट्याटस लेख्दै यसबारे जानकारी गराएका हुन् । 


Advertisement

उनले लेखेका छन्,‘बजारको विषाक्त ह्यान्ड स्यानिटाइजरका कारण धेरैलाई एलर्जी र नकारात्मक असर परेकाले त्रिवि आफैले आन्तरिक प्रयोग गर्ने गरी स्यानिटाइजर बनाउने कार्यको शुरुवात भयो । यो बिक्रीको लागि होइन ।'

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्