ट्र्याक्टरबाट खसेर १ जनाको मृत्यु

गुडिरहेको ट्र्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ ।

मेची राजमार्गअन्तर्गत फुङलिङ नगरपालिका–७ बहानन्दे सडकखण्डमा सोही ठाउँका २७ वर्षीय दीपेन्द्र ओख्राबुको आज मृत्यु भएको हो ।


Advertisement

डेविट खिम्दिङ निर्माण कम्पनीको नाममा रहेको ना ६ त ३००० नम्बरको ट्र्याक्टरबाट खसेका ओख्राबुको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

ट्र्याक्टर काबेलीबाट बालुवा बोकेर सदरमुकामतर्फ आइरहेको थियो । चालक फरार छन् भने ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ ।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्