×

NMB BANK
NIC ASIA

स्रोत भन्छ– ‘रेल र पानीजहाज मन्त्रालय बन्दैछ’

असोज ११, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

सरकारले जल र स्थल यातायातको समन्वय गर्ने गरी रेल र पानीजहाज मन्त्रालय स्थापना गर्ने तयारी गरेको छ ।

Muktinath Bank

मन्त्रिपरिषद् पुनर्गठनमा रेल र पानीजहाज मन्त्रालय बनाउने गरी तयारी भइरहेको नेकपा स्रोतले बतायो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अहिले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत रेल र पानीजहाज कार्यालय छन् । भौतिक पूर्वाधारबाट यातायातलाई अलग गरेर नयाँ मन्त्रालय स्थापनाको तयारी भइरहेको स्रोतले बतायो । 


Advertisment
Nabil box
Kumari

‘रेल र पानीजहाज मन्त्रालय स्थापना गर्ने मोटामोटी सहमति भइसकेको छ, मन्त्रिपरिषद्ले यसको निर्णय गर्ला,’ स्रोतले लोकान्तरसँग भन्यो ।

Vianet communication
Laxmi Bank

समुन्द्रमा नेपाली ध्वजाबाहक पानीजहाज चलाउने प्रधानमन्त्री केपी शर्मा ओलीको योजना छ । ओलीले मिति नै तोकेर पानीजहाज चल्ने संसदबाट घोषणा गरेका थिए । सरकारले दुई वर्षअघि नै ललितपुरमा पानीजहाज कार्यालय समेत स्थापना गरेको छ ।

पूर्वपश्चिम रेल सञ्चालन गर्ने नेकपाको चुनावी घोषणापत्र र सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ ।

सोही घोषणालाई कार्यान्वयनमा ल्याउन रेल र पानीजहाज मन्त्रालय स्थापना गर्न लागिएको स्रोतले बतायो । 

स्थायी कमिटी र सचिवालय बैठकको निर्णयअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठनको गृहकार्य गरिरहेका छन् । 

नेकपा स्रोतले आज भोलिमै मन्त्रिपरिषद् पुनर्गठन हुने सम्भावना रहेको बतायो । कम्तिमा ८ जना मन्त्री फेरिने सम्भावना छ ।

मन्त्रिपरिषद् पुनर्गठनअघि नेकपाका अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल प्रचण्डबीच आइतवार पनि छलफल भएको थियो । 

सचिवालय बैठकले मन्त्रिपरिषद् पुनर्गठनको अधिकार अध्यक्षद्वयलाई दिएको थियो । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x