×

NMB BANK
NIC ASIA

जसवन्त सिंहको नेपाल सम्बन्ध : माओवादीप्रति कठोर

असोज ११, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

आइतवार देहान्त भएका भारतका पूर्व विदेशमन्त्री जसवन्त सिंहले नेपालका विषयमा अन्य विदेशमन्त्रीको भन्दा खासै फरक धारणा राख्ने गरेको पाइँदैन । 

Muktinath Bank

नेपाललाई आफ्नो प्रभावक्षेत्रका रूपमा लिने भारतीय संस्थापन पक्षको सोच उनमा पनि थियो । तर हिन्दूवादी दल भारतीय जनता पार्टीका नेता भएका कारण नेपालमा राजतन्त्र तथा हिन्दू राज्यप्रति उनको सहानुभूति चाहिँ थियो ।   


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यसैले नेपालका माओवादीहरूप्रति उनले कठोर धारणा राख्ने गरेका थिए यद्यपि आरम्भिक अवधिमा उनको दृष्टिकोण नरम नै थियो । 


Advertisment
Nabil box
Kumari

विदेशमन्त्रीको हैसियतले २०५८ सालको भदौ १ देखि ३ सम्म नेपालको औपचारिक भ्रमण गरेका सिंहले द्विपक्षीय व्यापार सम्झौता र भारतीय बाँधका कारण नेपाली भूभाग डुबानमा परेको विषयमा छलफल गरेका थिए । 

Vianet communication
Laxmi Bank

उक्त भ्रमणमा नेपालको माओवादी विद्रोहका विषयमा खासै कुरा भएन । त्यतिखेरसम्म जसवन्त सिंह तथा भारतीय संस्थापन पक्षले माओवादी विद्रोहका कारण भारतको सुरक्षामा पार्नसक्ने प्रभावलाई चनाखो भएर हेरिरहेको थियो । तर नेपालसँग सीमा जोडिएका भारतीय राज्यहरूमा कानून तथा व्यवस्थामा यसले समस्या निम्त्याउन सक्ने हिसाबमा मात्र माओवादी समस्यालाई लिइएको भनी जसवन्त सिंहले बताएका थिए । 

तर सिंहको औपचारिक भ्रमणको केही दिनपछि नै अमेरिकाको ट्विन टावरमा आतंकवादी आक्रमण भएपछि भारतले त्यसलगत्तै नेपालका माओवादीहरूलाई आतंककारी घोषणा गरेको थियो । 

त्यसै वर्ष काठमाडौंमा भएको सार्क सम्मेलनमा जसवन्त सिंहले सार्क भारत र पाकिस्तानबीचको कटुताका कारण बन्दी बनेको विषयमा निरीहता प्रकट गरे । अनि उक्त सम्मेलनमा उनले दिएका प्रस्तुतिहरूमा आतंकवादको विषय नै हावी रह्यो । 

सन् २०१४ को चुनावमा राजस्थानबाट स्वतन्त्र उम्मेदवारका रूपमा उठ्ने निर्णय लिएपछि भाजपाले उनलाई पार्टीबाट ६ वर्षका लागि निष्काशन गरेको थियो । 

सन् २००८ मा पार्टीको राष्ट्रिय कार्यकारी बैठकमा उनले नेपालको निर्वाचनमा माओवादीहरूको विजयलाई नकारात्मक घटनाक्रमका रूपमा चित्रित गरेका थिए । 

पार्टीको विदेशनीति प्रस्तावमा सिंहले भनेका थिए, ‘एक भारतीय तथा सनातन धर्मको अनुयायीका रूपमा म कमजोर बनेको अनुभूति भइरहेको छ । भारतमा चार धाम छन् पाँचौं धाम पशुपतिनाथ नेपालमा छ । सनातन धर्म जति धर्मनिरपेक्ष अरू केही छैन । माओवादीको जीत नकारात्मक घटनाक्रम हो ।’
 

द्वन्द्वकालमा माओवादी नेताहरूले भारतमा शेल्टर लिँदा त्यसलाई अस्वाभाविक नमान्ने तर माओवादीहरू मूलधारमा आएर राजतन्त्र, हिन्दू राज्य हटाएपछि चाहिँ त्यसको निन्दा गर्ने भाजपाको दोहोरो चरित्रलाई जसवन्त सिंहले पनि अंगीकार गरेको पाइन्छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x