×

NMB BANK
NIC ASIA

राहुल चौधरी तेस्रो पटक ‘होटेलियर पावर लिस्ट’मा

असोज ११, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

सीजी हस्पिटालिटी होल्डिङ्सका प्रबन्ध निर्देशक एवं प्रमुख कार्यकारी राहुल चौधरी यस वर्ष पनि ‘होटेलियर पावर लिस्ट २०२०’ को सूचीमा परेका छन् । भारतको प्रतिष्ठित म्यागेजिन ‘होटेलियर’ले लगातार तेस्रो वर्ष राहुललाई शक्तिशाली २५ होटल व्यवसायीको सूचीमा राखेको हो ।

Muktinath Bank

ओबरोय होटल्स, ह्यात, हिल्टन, आईएचजी, म्यारियोट, लीला, एकोर, र्‍याडिसन, ताजजस्ता विश्वभर चर्चित होटल ब्रान्ड सम्मिलित सूचीमा राहुल पनि परेका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

राहुलले चौधरी ग्रुप (सीजी)को ‘हस्पिटालिटी’ बिजनेसको नेतृत्व गर्छन् । उनी यो सूचीका सबैभन्दा कान्छा सदस्य हुन् ।


Advertisment
Nabil box
Kumari

‘होटेलियर’ले सन् २०२० का लागि ‘हस्पिटालिटी’ क्षेत्रमा सफल २५ प्रभावशाली व्यवसायीको सूची निकालेको हो । राहुल सन् २०१८ र २०१९ को सूचीमा पनि थिए । 

Vianet communication
Laxmi Bank

राहुलले भारतको नयाँदिल्ली मुकामबाट ‘सीजी कर्प ग्लोबल’सँगै ‘सीजी हस्पिटालिटी होल्डिङ्स’को प्रमुख कार्यकारी निर्देशकको जिम्मेवारी निभाइरहेका छन् । होल्डिङ्सले भारतलगायत दर्जन मुलुकमा सेवा विस्तार गरेको छ । ‘ताज’, ‘फर्न’, ‘जिंक होटेल्स’जस्ता स्थापित र प्रसिद्ध चेन होटलमा सीजीको साझेदारी/लगानी छ ।

होल्डिङ्सले १२ मुलुकका ९४ गन्तव्यमा १३५ होटल/रिसोर्ट सञ्चालन गरिरहेको छ । यी होटल/रिसोर्टमा ८ हजारभन्दा बढी कोठा छन् । ८० वटा होटल/रिसोर्ट त भारतमा मात्रै छन् ।

सीजीले कोभिड—१९ महाव्याधिबाट आफ्ना कर्मचारी र उनीहरूका परिवारलाई सुरक्षित राख्न विभिन्न प्रशिक्षणसँगै अनलाइन कार्यशालाहरूमा सहभागी गराएको छ । महाव्याधिका बेला विश्वभरका आफ्ना होटल तथा रिसोर्टलाई थप सुरक्षित र विश्वसनीय बनाउन सफल भएको राहुल बताउँछन् ।

'चुनौतीहरूले अवसर र शिक्षा पनि दिन्छन् । कोभिड—१९ ले पर्यटन क्षेत्रको विषयमा पुनर्मूल्याङ्कन गर्न अवसर दिएको छ । हाम्रो विद्यमान व्यावसायिक ढाँचाबारे पुनर्विचार गर्न प्रेरित गरेको छ । यो क्षेत्रलाई दिगो रूपमा अघि बढाउन कोभिड–१९ ले विश्वभरि नै शिक्षा दिएको छ,' राहुल भन्छन्, 'त्यहीबमोजिम शहरी क्षेत्रमा सञ्चालित हाम्रा होटलबाट खाद्य तथा पेय डेलिभरी गर्नुका साथै रिसोर्टहरूमा कोभिड–१९ परीक्षण सुविधा सञ्चालन गर्ने उद्देश्य राखेका छौं । गुणस्तर, सुरक्षा र विश्वसनीयता हाम्रा मूल मन्त्र हुन् । यिनै मन्त्रका आधारमा सीजी हस्पिटालिटीले आगामी ३ वर्षसम्मका लागि कार्ययोजना बनाएको छ—अहिलेको अवस्थामा जोगिने, त्यसपछि तंग्रिने र अन्ततः दौडिने ।'

महाव्याधिका बेला यो क्षेत्रलाई जोगाउन र दिगो रूपमा सञ्चालन गर्न सीजी हस्पिटालिटीले बृहत्तर योजना शुरु गरिसकेको राहुल बताउँछन् । अहिलेको अवस्थाले उपभोक्तालाई शारीरिक आराम, फुर्सदिला गतिविधि र रोचक यात्रामा डोर्‍याउने सम्भावना अधिक भएकाले आफूहरूको ध्यान त्यता केन्द्रित भएको उनले सुनाए ।

नेपालमा मेघौली सेराईजस्तो विश्वस्तरीय रिसोर्टसँगै भिभान्ता, समिट, फर्नलगायत सञ्चालन गरिरहेको सीजी हस्पिटालिटी होल्डिङ्सले निकट भष्यिमा काठमाडौंसँगै पोखरा र लुम्बिनीमा थप होटल स्थापना गर्दै ललितपुरको होटल समिटलाई विस्तार गर्ने योजना छ । 

दुई दशकअघि टाटा ग्रुप/आईएचसीएलसँग कोलम्बो (श्रीलंका) र माल्दिभ्समा साझेदारी गरेसँगै चौधरी ग्रुप हस्पिटालिटी क्षेत्रमा विधिवत् रूपले अघि बढेको हो ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x