एपीएफ टोलीद्वारा लागूऔषधसहित २ जना पक्राउ

सिरहा जिल्लाको औरही गाउँपालिका १ स्थित दरैयाबाट असोज १० गते एपीएफ टोलीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही जिल्लाको गोलबजार नगरपालिका ६ बस्ने २३ वर्षिय राजु शर्मा छन् ।


Advertisement

उनलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बरियारपट्टिबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनको साथमा नाईट्राभेट ३० पत्ता र स्पास्मो प्रोक्सिभन ६ पत्ता फेला परेपछि पक्राउ गरिएको हो ।
 

पक्राउ परेका निज शर्मालाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको छ ।


Advertisement

यसैगरी सर्लाही जिल्लाको मलंगवा नगरपालिका ५ स्थित भाटसार इलाकाबाट असोज ११ गते एपीएफ टोलीले ५० बोतल डाईलेक्स डिसी नामक लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही जिल्लाको मलंगवा नगरपालिका २ बस्ने ३० वर्षिय दिनेश  पासवान छन् ।

उनलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट खुटौनाबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनको साथमा उक्त लागूऔषध फेला परेपछि पक्राउ गरिएको हो ।

 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्