×

NMB BANK
NIC ASIA

तीन दशकसम्म मुद्दाको झमेला

असोज १२, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

सप्तरीको बोदे बर्साइन–७ का ५७ वर्षीय विनोदकुमार यादवलाई तीन दशकदेखिको मुद्दाले छाडेको छैन। बुवा सकलदेव र ठूलो बुवाहरू जयकृष्ण र बालेश्वरको मृत्युपछि विनोदले मुद्दा लड्न थालेका रहेछन्। ‘अदालतले फैसला गर्दा पुस्ता बित्यो’, उनले भने, ‘कार्यान्वयन गर्न अर्को पुस्ता कुनुपर्ने देखियो।’

Muktinath Bank

उनले पछिल्लो पटक भदौ २४ गते आफ्नो नैसर्गिक अंश हक रहेको जमिनमा वडा कार्यालय निर्माण हुन लागेको भन्दै अदालतमा निषेधाज्ञाको रिट हालेका थिए। आफ्नो अंशभागमा परेको कित्ता नम्बर १३२१ को १ कठ्ठा ५ धुर जमिनमा खडक नगरपालिका–८ को वडा कार्यालय बनिरहेको उनको दाबी छ। 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उच्च अदालत जनकपुरको राजविराज इजलासका न्यायाधीश दीपेन्द्र अधिकारीको इजलासले नगरपालिका र वडा कार्यालयका नाममा भदौ २४ गते नै अल्पकालीन अन्तरिम आदेश जारी गर्‍यो। ‘छलफलको मितिसम्म निर्माण कार्य नगर्न-नगराउन र यथास्थितिमा राख्न अल्पकालीन अन्तरिम आदेश जारी गरिएको छ’, आदेशमा भनिएको छ।


Advertisment
Nabil box
Kumari

उक्त आदेशविपरीत नगरपालिकाले बिसनपुरस्थित विवादित जग्गामा भवन निर्माणको काम जारी राखेको छ। जिल्ला प्रशासन र नगरपालिकाकै न्यायिक समितिले वडा कार्यालयलाई भदौ ३१ गते पत्राचार गरी अदालतको आदेशबारे जानकारी गराएका थिए। अदालतको आदेश पालना गर्न न्यायिक समितिले पठाएको पत्र वडाध्यक्ष मो. इसराइलले बुझेको नगरपालिकाका कानुनी सल्लाहकार अधिवक्ता अजयकुमार चौधरीले सुनाए। अदालतको आदेश मानेर निर्माण काम तत्काल स्थगन गर्नुपर्ने उनको भनाइ छ। 

Vianet communication
Laxmi Bank

वडाध्यक्ष इसराइलले तीन कठ्ठा जमिनमध्ये एक कठ्ठामा १ करोड २२ लाख रुपैयाँ लागतमा वडा कार्यालय भवन निर्माण भइरहेको जानकारी दिए। काम गरिरहेको कन्स्ट्रक्सनविरुद्ध उजुरी नहालेकाले आफूले निर्माण कार्य रोक्न नमिल्ने भन्दै उनी पन्छिए।

विनोदले दाबी गरेको जमिन साबिक कल्याणपुर गाविसले सुशील यादवबाट २०७० असार ३ गते खरिद गरेपछि वडा कार्यालयको भोगमा आएको थियो। उनका अनुसार काका कपलेश्वरको मृत्युपछि काकी अमेरिकादेवीले बुवा, ठूलो बुवाको अंश लाग्ने जमिनसमेत बिक्री गरेकाले तीन दशकदेखि मुद्दा चल्दै आएको छ। चार दाजुभाइमध्ये कान्छा कपलेश्वर खेतीपातीको काम हेर्ने गर्थे। तीन दाजु नोकरीका सिलसिलामा जिल्लाबाहिर रहने गरेकाले सगोलको १५ बिघा जमिन कपलेश्वरकै नाममा थियो। 

उनको मृत्युपछि अमेरिकादेवीले मानराजा र कल्याणपुरको १५ बिघा जमिन आफ्नो नाममा ल्याई २६–२७ जनालाई टुक्रा पारेर बेचेकी थिइन्। वडा कार्यालयले भवन बनाइरहेको जमिन अमेरिकादेवीले २०४८ फागुन १२ गते कबुलम खातुनलाई बिक्री गरेकी थिइन्। कबुलनबाट फुलेश्वर साह, बिन्दीलाल साह, सुशील यादव हुँदै कल्याणपुर गाविसले खरिद गरेको थियो। त्यही जमिनमै वडा कार्यालयले भवन बनाइरहेको विनोदका भाइ वीरेन्द्रले बताए। 

सप्तरी जिल्ला अदालतले २०५३ असार ११ गते सकलदेवको पक्षमा फैसला गरेको थियो। पुनरावेदन अदालतले २०५५ माघ १७ गते त्यसलाई उल्ट्याइदियो। सर्वोच्च अदालतले २०६२ जेठ २७ गते पुनः सकलदेवकै पक्षमा फैसला गरेको उनका कान्छा छोरा नागेन्द्रले कागज देखाए। 

विनोदले अदालतमा परेका २६ मध्ये २५ वटा मुद्दा जितेको जानकारी दिए। १५ बिघा जमिनमध्ये साढे दुई बिघा जमिन फिर्ता आउन अझै बाँकी रहेको उनको भनाइ छ। अन्नपूर्ण पोस्टमा मनोहर पोखरेलले खबर लेखेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x