ड्रग्स प्रकरण : भिडियोबारे फरेन्सिक रिपोर्टले के भन्यो ?

बलिउड इन्डस्ट्रीमा यतिखेर ड्रग्स प्रकरणले निकै तताएको छ । एनसीबीले चर्चित अभिनेत्री तथा निर्माताहरूसँग सोधपुछ गरिरहेको छ । 

चर्चित अभिनेत्रीहरू दीपिका पादुकोण, सारा अली खान, श्रद्धा कपूरलगायतसँग सोधपुट गरिसकेको छ । 
 


Advertisement

यसैबीचमा करण जौहरले एक पार्टी आयोजना गरेका थिए । त्यो  पार्टीका समयमा धेरै स्टार्सहरूले ड्रग्स सेवन गरेको बताइएको छ । त्यसकारण यसबारे एनसीबीले अनुसन्धान गर्दैछ । 

अहिले भाइरल भइरहेको त्यो पार्टीको भिडियो नक्कली हो वा सक्कली भन्नेबारे विभिन्न कुराहरू बाहिरिन थालेका छन् । 


Advertisement

सन् २०१९ मा करणले गरेको पार्टीको फोरेन्सिक रिपोर्ट सार्वजनिक भएको छ । रिपोर्टमा त्यो भिडियो सही भएको र कुनै पनि एडिट नगरिएको दावी गरिएको छ । 

करणले भने १ दिन अघिमात्रै आफ्नो ड्रग्ससँग कुनै सम्बन्ध नभएको दावी गरेका छन् । 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्