कृपया गोली नहान्नुस् भन्दै जो प्रहरी कार्यालय पुगे

भारतको उत्तर प्रदेशमा रहेको नखासा प्रहरी कार्यालयमा आइतवार अनौठो घटना भएको छ । 

एक व्यक्ति आफ्नो घाँटीमा एउटा तख्ता झुण्ड्याएर आए । त्यसमा लेखिएको थियो, ‘मलाई सम्भल प्रहरीसँग डर लाग्छ । म आफ्ना गल्तीहरू स्वीकार गर्छु । म आत्मसमर्पण गरिरहेको छु । कृपया गोली नहान्नुस् ।’
 


Advertisement

नईम नामक ती व्यक्तिविरुद्ध आपराधिक समूह ऐनअन्तर्गत मुद्दा दर्ता गरिएको थियो र १५ हजार भारुको पुरस्कार राखिएको थियो । आत्मसमर्पणका क्रममा उनले तख्तामार्फत मुठभेडमा नमारिने सुनिश्चित गर्न खोजेका हुन् । 
प्रहरी कार्यालय प्रमुख धर्मपाल सिंहले अपराधीले प्रहरीसमक्ष दयाको भिक्षा मागेको यो पहिलोपटक नभएको बताए । अमरोहा र कानपुरमा पनि अपराधीहरूले यसरी नै आत्मसमर्पण गरेको उनले बताए । 

उत्तर प्रदेशमा केही समयअघि ग्यांगस्टर विकास दुबेलाई मुठभेडको बहानामा हत्या गरेपछि अपराधीहरू निकै डराएका छन् । 
 


Advertisement

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्