बैंकहरूसँग गुनासो छ ? राष्ट्र बैंकसँग उजुरी गर्नुहोस् [कार्यविधिसहित]

नेपाल राष्ट्र बैंकले वित्तीय ग्राहक संरक्षण तथा गुनासो व्यवस्थापन कार्यविधि, २०७७ जारी गरेको छ । 

केन्द्रीय बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले सोमवार यस्तो कार्यविधि जारी गरेको हो । 


Advertisement

केन्द्रीय बैंकद्वारा जारी कार्यविधि अनुसार अब सेवाग्राहीलाई कुनै प्रकारको विभेद, असहयोग वा बेवास्ता गरी वा गैर जिम्मेवार कार्य गरी आर्थिक वा गैर–आर्थिक वा दुवै प्रकारको हानी पुग्ने कार्य गरे वा गराए सोझै राष्ट्र बैंकमा उजुरी गर्न पाइने छ ।

यस्तै, झुठो वा गलत सूचना प्रवाह गरी निष्पक्ष, विश्वसनीय र पारदर्शी वित्तीय मध्यस्थता सेवा लिन–दिन असहयोग गरेमा वा प्रचलित कानुन, नियम, निर्देशनको परिधि भन्दा बाहिर गई ग्राहकको अहित हुने कार्य गरेको वा गराएको लागेमा राष्ट्र बैंकमा गुनासो निवेदन पेश गर्न सकिने व्यवस्था गरिएको छ ।


Advertisement

 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्