उदयपुर सिमेन्ट उद्योगका मजदूर किन भए आन्दोलित ?

उदयपुर सिमेन्टका मजदूरहरुले पुनः नियुक्तिको माग गर्दै आन्दोलित भएका छन् । कोरोना भाइरस सङ्क्रमणका कारण केही समयका लागि उद्योग बन्द हुँदा आफूहरुलाई बिदा दिएको उद्योग व्यवस्थापन पक्षले अहिले उद्योग सञ्चालनमा आएपछि काममा फर्कन नदिएपछि बाध्य भएर आन्दोलन गर्नुपरेको मजदूरहरुले बताएका छन् । यसरी आन्दोलित भएका मजदूरहरुमध्ये वरिष्ठ मेकेनिकदेखि प्राविधिक गरी एक सयभन्दा बढी छन् ।

आफूहरुको रोजीरोटी सङकटमा परेको हुँदा काममा नफर्काएसम्म आन्दोलन जारी रहने मजदूर आन्दोलनका अगुवा भुमराज राई र श्रवण कोइरालाले बताए । उनीहरुले सङ्घर्ष समिति र दवाब समूह गठन गरेर आइतबारदेखि उद्योगको मूल ढोकममा अनिश्चितकालिन धर्ना बसेका छन् ।


Advertisement

काममा लगाएपछि पारिश्रमिक दिनुपर्दछ तर पारिश्रमिक दिने क्षमता उद्योगसँग छैन् । यस्तो अवस्थामा उनीहरुलाई काममा फर्काउन नसिकने उद्योग व्यवस्थापन पक्षको भनाइ छ । वार्ता र सम्वादद्वारा समस्याको सामाधान गर्न व्यवस्थापन पक्ष तयार रहेको प्रवन्धक साहको भनाइ छ ।

 


Advertisement

कमेन्ट गर्नुहोस्