६५ वर्षीया महिलाको हत्या, दुवै हात बाँधेको अवस्थामा शव भेटियो

झापाको गौरादह नगरपालिकामा एक महिलाको हत्या भएको छ । गौरादह नगरपालिका– १ का ६५ वर्षीया मनमाया भण्डारीको आज हत्या भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । दुवै हात बाँधेको अवस्थामा आफ्नै घरभित्रको खाटमुनि उनको शव फेला परेको प्रहरीले जनाएको छ ।

    हत्या किन र कसले गरेको हो भन्ने विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक राकेश थापाले जानकारी दिए ।


Advertisement


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्