कोरोना संक्रमितका हिसाबले नेपाल विश्वको ४८ औँ स्थानमा

कोरोनाभाइरस संक्रमितको हिसावले नेपाल विश्वको ४८ औँ स्थानमा रहेको वर्ल्डोमिटर्सको तथ्यांकले देखाएको छ । सोमबारम्म नेपालमा ७४ हजार ७४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै ५४ हजार ६४० जना निको मृतकको संख्या ४८१ पुगेको छ । यस्तै १९ हजार ६२४ जना भने सक्रिय संक्रमित रहेका छन् । सोमबारमात्रै नेपालमा १३५१ जनामा संक्रमण पुष्टि हुनुका साथै थप ४ जनाको मृत्यु भएको छ ।

पछिल्लो तथ्यांकअनुसार विश्वभर कोरोनाभाइरस संक्रमितको संख्या ३ करोड ३४ लाख ६५ हजारको हाराहारीमा पुगेको छ । यस्तै मृतकको संख्या १० लाख ५ हजार ५०० नाघेको छ ।
यस्तै कोरोना निको हुनेको संख्या २ करोड ४७ लाख ६५ हजार नाघ्दा अझै पनि सक्रिय संक्रमित करिब ७७ हजार रहेका छन् ।


Advertisement

हालसम्म अमेरिकामा सबैभन्दा धेरै कोरोना संक्रमित रहेका छन् भने त्यसपछि भारत रहेको छ ।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्