सिंहदरबारसहितका 'भीआइपी एरिया'मा आज साढे २ घन्टा बत्ती जाने, यस्तो छ कारण

मंगलवार काठमाडौंका ‘भीआइपी एरिया’मा साढे २ घन्टा बत्ती जाने भएको छ । 

अन्डरग्राउन केवलको केही काम गर्नुपरेकाले सिंहदरबारसहित आसपासका ठाउँमा बत्ती काटिने नेपाल विद्युत प्राधिकरणकी सूचना अधिकारी लिला अर्यालले जानकारी दिएकी छिन् । 


Advertisement

यो क्षेत्रमा बिहान ७ बजेदेखि साढे ९ बजेसम्म बत्ती जानेछ । 

रत्नपार्क वितरण केन्द्र र बानेश्वर वितरण केन्द्र अन्तर्गत पर्ने सिंहदरबार २ फिडर मेन्टिनेन्स गरिन लागेकाले त्यस आसपासका क्षेत्रमा बत्ती जाने सूचनामा उल्लेख गरिएको छ । 


Advertisement

उनका अनुसार सिंहदरवारभित्रका मन्त्रालय, दक्षिण गेट बाहिर न्यूरो अस्पताल, काठमाडौं जिल्ला अदालत, सडक विभाग, सिंहदरवार उत्तरतर्फ, लोकसेवा आयोग,महालेखा नियन्त्रण कार्यालय, सिंहदरबार बैदखाना,  लगायतका क्षेत्रमा बत्ती जाने छ । 

उनले त्यस क्षेत्रमा तोकिएको समयमा वा त्यो भन्दा अगाडि नै बत्ती आउन सक्ने पनि जनाएको छ ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्