×

NMB BANK
NIC ASIA

सन्दर्भ : विश्व मुुटुरोग दिवस : अस्वस्थकर जीवनशैली नै मुटुरोगको कारण

असोज १३, २०७७

NTC
Sarbottam
तस्वीर सौजन्य : गोरखापत्र दैनिक
Premier Steels
Marvel

अस्वस्थकर जीवनशैलीका कारण मुटुरोगको जोखिम बढेको छ । कोरोना भाइरसको जोखिम बढ्दै गएको अहिलेको अवस्थामा मुटुरोगीका समस्या झनै थपिएका छन् ।

Muktinath Bank

मानिस आफ्नो स्वास्थ्यलाई भन्दा खानपानले गर्दा मुटुरोगको सिकार हुने गरेका छन् । स्वस्थ व्यक्तिले पनि मीठो, मसालेदार, चिल्लो, स्वादिलो खाना निरन्तर रूपमा खाँदै जाँदा विस्तारै नसर्ने रोगको सिकार हुने गरेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नसर्ने रोगमध्ये प्रमुख रूपमा मुटुरोग पर्दै आएको छ । वरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीले मानिसको आहार, व्यवहारले मुटुरोगको जोखिम बढाउने बताए ।


Advertisment
Nabil box
Kumari

चुरोट, खैनी, गुट्खा जस्ता पदार्थ नियमित सेवन गर्नाले मुटु रोगको सम्भावना बढाउने जानकारी दिँदै उनले यी वस्तुमा हुने निकोटिनले मुटुका धमनीलाई साँघुरो बनाउने र विस्तारै मुटुसम्बन्धी रोग लाग्ने बताए ।

Vianet communication
Laxmi Bank

रक्तचाप बढ्नु खतरा
अस्वस्थकर खानपान तथा चुरोट बिँडीजस्ता पदार्थ नियमित सेवन गर्नाले मुटुलाई बढी बल परेर रक्तचाप बढ्न जाने उनले बताए । अत्यधिक खानपिन र शारीरिक निष्क्रियताबाट विश्वका एक अर्ब मानिस बोसोका कारण ‘ओभरवेट’ समस्यामा परेको अनुमान छ । सामान्यतया एक जना स्वस्थ मानिसको बडी मास इन्डेक्स (आईबीएम) १८.५ देखि २४.५ बीचमा हुनुपर्छ ।

योभन्दा बढी उचाइ र मोटाइमा आधारित शारीरिक नाप वा ३५ इन्चभन्दा मोटो कम्मर भएका महिला र ३४ इन्चभन्दा बढी कम्मर भएका पुरुषलाई ‘ओभरवेट’ मानिन्छ । ‘ओभरवेट’ महिला–पुरुष रक्तचाप र मधुमेह रोगको जोखिममा हुन्छन् ।

डा. रेग्मीले शारीरिक श्रम नगर्नेले व्यायामबाट मुटुरोगको जोखिम घटाउन सक्ने बताए । व्यायामले कोलस्टेरोललाई सन्तुलनमा राख्नका साथै रक्तचाप, सुगर र स्ट्रेसलाई पनि नियन्त्रित गर्ने भन्दै यसबाट फाइदा हुने उनले बताए ।

मुटुसम्बन्धी कुनै पनि रोग गम्भीर स्वास्थ्य अवस्था भएकाले त्यसलाई बेवास्ता गर्दा घातक परिणाम निम्तिन सक्ने बताउँदै उनले आफूलाई रक्तचाप, हाई कोलस्टेरोल, मधुमेह वा अन्य किसिमका समस्या भएको जस्तो लाग्नासाथ चिकित्सककहाँ गई उपचार गर्नुपर्ने बताए ।

आउन छाडे बिरामी
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालाले कोरोनाका कारण मुटुरोगी समस्यामा परेको बताए । अस्पतालमा आउने बिरामीको सङ्ख्या घटेको भन्दै शल्यक्रिया गर्नुपर्ने बिरामी समेत कोरोनाका डरले अस्पताल आउन छाडेको बताउँदै उनले नसर्ने रोगमध्ये १८ प्रतिशत मुटुरोगको कारणले मृत्यु हुने बताए ।

मुटुलाई कोरोनाले मात्र नभई अन्य सङ्क्रमणले पनि गाह्रो बनाउने भन्दै उनले बालबालिकादेखि वृद्धसम्मलाई मुटुरोगको समस्या देखिने बताए । नेपालमा पछिल्लो समय जन्मजात मुटुको भल्ब बिग्रने समस्याले विकराल रूप देखिने गरेको उनले बताए ।

हृदयाघातको लक्षणमा छातीमा असजिलो र पीडा हुने, असजिलो बढ्दै गएर हुने पीडा आरामले बस्दा पनि नघट्ने, त्यस्तो बेला छातीबीचको अघिल्लो हड्डी, पाखुरा, घाँटी र ढाडमा पनि असजिलोका साथै ढुकढुकी अनियमित हुने, पसिना आउने, वाकवाकी र बाडुली पनि लाग्ने हुन्छ ।

सरकारी सुविधा
यस्तै सरकारले मुटुरोगीलाई एक लाख रुपियाँ औषधि उपचारबापत बेहोर्दै आएको छ । १५ वर्षभन्दा मुनिका बालबालिका तथा ७५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकका लागि स्वास्थ्य उपचार तथा मुटुसम्बन्धी सम्पूर्ण शल्यक्रिया निःशुल्क रूपमा गरिरहेको छ ।

शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र, मनमोहन कार्डियोभास्कुलर सेन्टर लगायतका सरकारी स्वास्थ्य संस्थामा १५ वर्षभन्दा कम र ७५ वर्ष उमेरभन्दा माथिका वृद्धको निःशुल्क उपचार हुने गरेको छ ।

मुटुको भल्ब बिग्रिएको रोगको सरकारले निःशुल्क उपचार गर्ने गरेको छ । मुटुको भल्ब फेर्नुपर्ने व्यक्तिलाई पनि भल्ब निःशुल्क उपलब्ध गराउँदै आएको छ । मुटुको भल्बमा उमेरको छेकबार लाग्दैन । त्योबाहेक अरू कारणले बिग्रेको छ भने सरकारले सहयोग गर्दैन । यस्तै बाइपास अपरेसनमा पनि सरकारी सुविधा छैन ।

विश्वमा बर्सेनि एक करोड ८० लाख मानिस मुटुरोगका कारण मर्ने गर्दछन् । यसमध्ये विकासोन्मुख राष्ट्रमा मुटुरोगबाट मर्नेको सङ्ख्या ८० प्रतिशतभन्दा बढी पर्न आउँछ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार सन् २०३० सम्ममा मुटुरोगबाट विश्वभर मर्नेको सङ्ख्या बर्सेनि दुई करोड ५० लाख पुग्ने अनुमान छ ।

नेपाल हृदयरोग निवारण प्रतिष्ठानका अनुसार हाल नेपालमा करिब ७५ लाख मुटुरोगी भएको अनुमान गरिएको छ । नेपालमा करिब ३० प्रतिशत वयस्क मानिसलाई उच्च रक्तचाप छ, २० प्रतिशतलाई कोलस्टेरोल, १० प्रतिशतलाई मधुमेह रहेको छ । त्यस्तै एक प्रतिशत बालबालिकालाई बाथमुटु रोग छ । बर्सेनि एक हजार बालबालिका बाथ–मुटुरोगका कारण मर्ने गर्दछन् ।

चुरोट, सुर्ती सेवन गर्ने ४० प्रतिशत रहेका छन् । यसैबीच विश्व मुटु महासङ्घको आह्वानमा विश्वभरि ‘मन लगाउँ, मुटु बचाउँ’ भन्ने नाराका साथ विश्व मुटु दिवस मनाइँदैछ । मुटुसम्बन्धी विभिन्न जनचेतनामूलक कार्यक्रम गरेर विश्व मुटु दिवस मनाइने गरिन्छ । गोरखापत्र दैनिकमा सरोज ढुङ्गेलले खबर लेखेका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x