फागुन १५, २०७४
बुटवल, १५ फागुन- भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...
नेपाली सेनाले व्यास जोड्ने घाटीबगर–छाङरु घोडेटो बाटोको ट्र्याक खोलेको छ ।
दार्चुलाको व्यास गाउँपालिका–१ घाटीबगरस्थित मौर्याभीरमा खसेको पहिरोले एक वर्षदेखि उक्त बाटो बन्द थियो । बाटो खुलेपछि व्यास–१ स्थित छाङरु र टिंकरका बासिन्दालाई सदरमुकाम खलंगा आउजाउ गर्न भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता हटेको छ ।
सेनाले गत जेठ ९ गते ट्र्याक खोल्न सुरु गरेको थियो । असारमै ट्र्याक खोल्ने लक्ष्य लिए पनि प्रतिकूल मौसम, कडा चट्टानी भूगोल र निर्माण सामग्री ढुवानीमा समय लागेकाले ढिलाइ भएको सेनाले जनाएको छ । घाटीबगरको कडा चट्टानी भूभाग फोडेर साढे ५ सय मिटर लम्बाइको ट्र्याक खोलिएको सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए ।
‘दुई मिटर चौडा बाटोको ट्र्याक खोलिसकिएको छ । उक्त क्षेत्रमा बाटो सफाइ गर्ने कार्य चालु छ,’ उनले भने, ‘बाटो सम्याउन तीन/चार दिन लाग्न सक्छ ।’ केही दिनमै स्थानीयस्तरमा घोडेटो बाटो हस्तान्तरण गरिने उनको भनाइ छ । व्यास जान सबैभन्दा अप्ठ्यारो मानिएको उक्त ठाउँमा ट्र्याक खुलेपछि स्थानीयलाई आवतजावतमा सहज हुने भएको छ ।
नेपालको बाटो बन्द हुँदा उनीहरूले भारतीय बाटो प्रयोग गर्दै आएका थिए । तर, यस वर्ष कोरोनाले सीमानाकाहरू बन्द भएपछि सकसपूर्ण रूपमा बेंसीबाट गाउँ उक्लेका थिए । सुरक्षाकर्मीहरू पनि हेलिकप्टर प्रयोग गरेर छाङरु र टिंकर पुगेका थिए ।
व्यास–१ टिंकरका मोहनसिंह टिंकरीका अनुसार बाटो नहुँदा छाङरु र टिंकरवासी सदरमुकाम खलंगा आउन पाएका थिएनन् भने सदरमुकाममा रहेका स्थानीय गाउँ फर्किन सकेका थिएनन् । घाटीबगरमा बाटो खुलेपछि गाउँबाट सदरमुकाम आउजाउ गर्न सहज हुने उनको विश्वास छ । छाङरु र टिंकरका बासिन्दा ६ महिना व्यास र हिउँदका ६ महिना बेंसी (सदरमुकाम खलंगा) बस्ने गर्छन् ।
घाटीबगरमा सेनाले बाटो बनाए पनि अन्य धेरै ठाउँमा अवरोध रहेको दार्चुलाका उमेशसिंह खत्रीले बताए । ‘घाटीबगरको माथिल्लो क्षेत्रमा त्यति धेरै अप्ठ्यारो बाटो छैन,’ उनले भने, ‘घाटीबगर तलतिर सेनाको क्याम्प
नजिक घोडेटो बाटोमा महाकालीले कटान गरिरहेको छ । तम्बाकु, कल्जुलगायत तीन/चार ठाउँमा अझै बाटो निर्माण गर्नुपर्ने छ ।’
उनका अनुसार पहिले केही ठाउँमा मात्र व्यासको घोडेटो बाटो अवरुद्ध हुन्थ्यो । अहिले ठाउँठाउँमा महाकालीले कटान गरेर बाटो बगाएको छ । भारतले महाकाली किनारैकिनार सडक निर्माण गर्दा व्यासको घोडेटो बाटो खतरामा परेको हो । सडक खन्दा निस्किएको माटोढुंगा महाकाली किनारमा फाल्दा नदीको बहाव नेपालतर्फ फर्केर क्षति पुर्याएको खत्रीको भनाइ छ । कान्तिपुर दैनिकमा मनोज बडूले खबर लेखेका छन् ।
बुटवल, १५ फागुन- भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...
सवारीसाधन सुविधा प्राप्त गर्ने कर्मचारीलाई इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...
ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ। अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ । ...
चालुु आर्थिक वर्ष २०८०/८१ मा नेपाली श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग एकता गर्न नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...