मंसिर २५, २०८०
अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...
त्रिवि शिक्षण अस्पतालबाट कोभिडको उपचारपछि भदौ ८ गते डिस्चार्ज भएका चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का ४६ वर्षीय कन्सल्टेन्ट फिजिसियन डा. ध्रुव गैरेको स्वास्थ्य सामान्य स्थितिमा फर्किनसकेको छैन ।
उनलाई कोभिड संक्रमण देखिनुभन्दा अघिसम्म स्वास्थ्य समस्या थिएन । कुनै प्रकारको नियमित औषधि सेवन गर्नुपर्ने अवस्था थिएन ।
डिस्चार्ज भएर घर फर्कंदा पहिले त आराम गरेको अवस्थामा पनि उनलाई सास फेर्न गाह्रो भयो । चौबीसै घण्टा अक्सिजन लिनै पर्थ्यो । लामो समयसम्म विभिन्न स्वास्थ्य जटिलता रह्यो । ‘अहिले राति करिब एक लिटरसम्म अक्सिजन लिइराख्नुपरेको छ,’ डा.गैरेले भने, ‘यो नयाँ संक्रमण भएकाले कसलाई कति प्रभाव गर्छ थाहा छैन । स्वास्थ्य समस्या कतिसम्म पुनः सामान्य अवस्थामा फर्किएर आउँछ, पछि मात्र थाहा हुन्छ ।’
उनी मात्र होइन, कोभिड–१९ निको भइसके पनि थुप्रैले फोक्सो र अन्य स्वास्थ्य समस्या देखिएको बताएका छन् । उनीहरूले अस्पतालबाट डिस्चार्ज भएको एकदेखि दुई सातापछि फोक्सो र अन्य स्वास्थ्य समस्या महसुस गरेको बताएका हुन् ।
‘कोभिड निको भएकाहरूले अझै सास फेर्न समस्या भइरहेको गुनासो गरिरहेका छन्,’ त्रिवि शिक्षण अस्पतालका कोभिड व्यवस्थापन समितिका संयोजक एवं छाती रोग विशेषज्ञ डा.सन्तकुमार दासले भने, ‘उहाँहरूको एक्स–रे रिपोर्ट र शरीरमा अक्सिजनको स्तर भने ठीक देखिन्छ ।’ उनका अनुसार २० देखि ५० वर्ष उमेर समूहका करिब ३५ जनाले यस्तो समस्या आएको बताएका छन् । ‘उहाँहरूमा भर्याङ चढ्दा, छिटो हिँड्दा वा फोक्सोले मिहिनेत गर्नुपर्ने अवस्थामा सास फर्ने गाह्रो हुने समस्या देखिएको छ,’ उनले भने ।
नेपालमा गत दुई महिनादेखि लक्षणसहितको कोभिड व्यापक मात्रामा देखिएपछि संक्रमण निको भएका व्यक्तिको स्वास्थ्य तन्दुरुस्त हुन र फोक्सो सामान्य अवस्थामा फर्कन समय लागेको चिकित्सकहरूको भनाइ छ । विश्वभरिमै बिरामी भएकाको पुरानो लक्षण बिस्तारै निको हुँदै गएकाले भविष्यमा फोक्सोसम्बन्धी समस्या पनि निको हुनेमा डा.गैरे आशावादी छन् ।
मुटुरोग विशेषज्ञ एवं फिजिसियन डा.ओममूर्ति अनिलले कोभिड नयाँ रोग भएकाले बिरामी निको भइसकेपछि आउने जटिलताबारे यकिन भन्न नसकिने बताए । उनले भने, ‘त्यसैले अनुसन्धान गरिरहेका वैज्ञानिक यो भाइरसको संक्रमणको एक वर्ष पूरा हुने समय पर्खिरहेका छन् ।’
यो भाइरसले फोक्सोसँगै मुटु, मस्तिष्क र स्नायुलगायतका अंगमा पार्ने प्रभावको दूरगामी असर कहिलेसम्म रहिरहने हो भन्नेबारे अहिले भन्नु हतार हुने उनको भनाइ छ । ‘विभिन्न अध्ययनअनुसार लक्षण भएका मात्र होइन, लक्षण नभएका कोभिड बिरामीलाई समेत पछि गएर मुटुसम्बन्धी समस्या देखिएको छ,’ उनले भने, ‘यो समस्या नेपालमा समेत देखिराखेका छौं तर बिस्तारै निको हुँदै जाने सम्भावना बढी देखिएको छ ।’
कडा संक्रमण भएकाहरूको छातीमा असर हुने उल्लेख गर्दै विराट मेडिकल कलेजका अध्यक्ष एवं वरिष्ठ शल्यचिकित्सक डा.ज्ञानेन्द्रमान सिंह कार्कीले त्यसअनुसार नै स्वस्थकर जीवनशैली अपनाउनुपर्ने बताए । ‘अस्पतालवाट घर फर्केपछि मलाई दुई–तीन दिन मात्र अक्सिजन लिनुपर्यो, पछि म फोक्सो बलियो वनाउने श्वासप्रश्वाससम्बन्धी व्यायाम र योग गर्न थालें,’ कन्भल्सेन्ट प्लाज्मा थेरापीपछि कोरोनामुक्त भएका उनले भने ।
निको भएका व्यक्तिले के गर्नुपर्छ ?
विज्ञहरूले कोरोना मुक्त भएपछि अनुशासित जीवनशैली अपनाउनुपर्ने सुझाव दिएका छन् । त्रिवि शिक्षण अस्पताल कोभिड उपचार संयोजक डा. दासका अनुसार कोभिड पोजिटिभ भएपछि शरीर कमजोर हुन्छ । यसैले कोभिड नेगेटिभ आएलगत्तै कडा शारीरिक मिहिनेत गर्नुहुँदैन । पर्याप्त आराम गर्नुपर्छ । पौष्टिक खानपानअन्तर्गत रोग प्रतिरोधक क्षमता बढाउने खाद्य र पेय पदार्थ उपभोग गर्नुपर्छ । योगाभ्यास, ध्यान गर्नुका साथै बिहान–बेलुका सुरक्षित रूपमा हिँड्नु फाइदाजनक हुन्छ ।
उनका अनुसार कोभिड निको भएपछि खाना नरुच्ने, नपच्ने र खाने इच्छा नहुने समस्यासमेत देखिन सक्छ । त्यसैले जंक फुड र बढी बोसो, चिल्लो भएको खाद्य पदार्थको उपयोग गर्नुहुँदैन । हरियो सागसब्जी र फलफूल पर्याप्त मात्रामा उपयोग गर्नुपर्छ । दिनहुँ गेडागुडी, पोषिलो तरल पेय पदार्थ र पानी बढी सेवन गर्नुपर्छ । स्वस्थ फोक्सोका लागि प्राणायाम लाभकारी देखिएको छ । चिकित्सक एवं योग प्रशिक्षकको सल्लाहमा फोक्सो बलियो वनाउने प्राणायाम गर्नु फाइदाजनक हुने उनको भनाइ छ । कान्तिपुर दैनिकमा अतुल मिश्रले खबर लेखेका छन् ।
अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...
चालुु आर्थिक वर्ष २०८०/८१ मा नेपाली श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...
ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ। अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ । ...
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग एकता गर्न नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...
बुटवल, १५ फागुन- भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...
सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले त्यहाँ आवश्यक प्राविधिक तयारी ...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...