×

NMB BANK
NIC ASIA

कांग्रेसभित्रको राजनीति : सिटौलाले छाडे पौडेलको साथ, पौडेलले दिए देउवालाई अल्टिमेटम

असोज १३, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

कांग्रेस नेता रामचन्द्र पौडेल पक्षले विधानविपरीतका निर्णय सच्याउन सभापति शेरबहादुर देउवालाई अल्टिमेटम दिएको छ। देउवासँग असन्तुष्ट पक्षले सोमबार पदाधिकारी र केन्द्रीय सदस्य गरी २७ जनाको हस्ताक्षरसहितको विरोधपत्र केन्द्रीय पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेललाई बुझाएको हो। 

Sagarmatha Cement
Muktinath Bank

महाधिवेशन प्रभावित पार्ने र पार्टी कब्जा गर्ने नियतले विधानविपरीतका कामकारबाही भएको उनीहरूको निष्कर्ष छ। उनीहरूले यही असोज १९ गतेका लागि तय भएको केन्द्रीय कार्यसमिति बैठकसम्म विधानविपरीतका निर्णय सच्याउन भनेका छन्। 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘पार्टी विधानसम्मत सञ्चालन गरी १४औं महाधिवेशन स्वच्छ, निष्पक्ष गर्ने वातावरण सिर्जना गरियोस् भनी पुनः स्मरण गराउँछौं’, सभापतिलाई सम्बोधन गरिएको विरोधपत्रमा लेखिएको छ, ‘यदि सभापतिज्यूले आगामी असोज १९ गते राखिएको केन्द्रीय कार्यसमितिको बैठकसम्ममा विधानसम्मत उठाइएका विषयको न्यायपूर्ण र विधिसम्मत समाधान गर्नेतर्फ गम्भीरता र तदारुकता देखाउनु भएन भने वैधानिक संघर्षका कार्यक्रम गर्न बाध्य हुनेछौं।’


Advertisment
Nabil box
Kumari

पौडेल पक्षले आफ्ना मागको सम्बोधन नभए कस्ता संघर्षका कार्यक्रम गर्ने स्पष्ट भने पारेको छैन। ‘अहिलेको विषय भनेको स्वतन्त्र र निष्पक्ष महाधिवेशनको हो। हामी कुनै पनि हालतमा समयमै निष्पक्ष महाधिवेशन होस् भन्ने चाहन्छौं’, पौडेलनिकट केन्द्रीय सदस्य जीवन परियारले भने, ‘हामीले उठाएका विषय फेरि सम्बोधन भएन भने त्यसपछि कसरी अगाडि बढ्ने भन्नेबारे बसेर छलफल गर्छौँ।’ आपूmहरूको प्राथमिकता संघर्ष नभई पार्टीलाई विधिसम्मत रूपमा चलाउनुपर्छ भन्ने भएको उनले स्पष्ट पारे।  

Vianet communication
Laxmi Bank

विभाग खारेजी र क्रियाशील सदस्यता पारदर्शी नभए पार्टी कार्यालयमा धर्ना दिनेदेखि केन्द्रीय कार्यसमितिबाट राजीनामा दिनुपर्ने दबाब पौडेल पक्षमा देखिएको छ। महाधिवेशनको औपचारिक प्रक्रिया सुरु भएपछि पार्टीमा विधिविहीन, अराजकता, आपसी अविश्वास, द्वन्द्व, पक्ष–विपक्षका रूपमा ध्रुवीकृत भएको निष्कर्ष पौडेल समूहको छ। ‘यस्तो पक्षपातपूर्ण ढंगबाट महाधिवेशन गर्न खोज्नुले केवल पार्टी कब्जा गर्ने नियत देखिन्छ’, पौडेल पक्षको निष्कर्ष छ, ‘महाधिवेशनको मिति तोकिसकेपछि पार्टीका विभाग एवं अन्य संरचनामा विभिन्न नियुक्ति गर्न वैधानिक व्यवस्था र महाधिवेशनको आचारसंहिताको ठाडो उल्लंघन हो।’  नेता पौडेल, महामन्त्री डा. शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, पूर्वमहामन्त्री प्रकाशमान सिंह, पूर्वसहमहामन्त्रीद्वय डा. रामशरण महत र अर्ज‘ननरसिंह केसीसहित २७ जनाले विरोधपत्रमा हस्ताक्षर गरेका छन्। उनीहरूले केन्द्रीय विभाग गठन, पार्टी समायोजन, क्रियाशील सदस्यता वितरण, भ्रातृसंस्था र विदेश जनसम्पर्क समितिका विषयमा पछिल्ला समय पार्टी नेतृत्वबाट भएका कदमप्रति असन्तुष्टि जनाएका छन्।  

सिटौला समूहले दिएन साथ 

पार्टीभित्र तेस्रो धारका रूपमा चिनिने पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षका कसैले पनि विरोधपत्रमा हस्ताक्षर गरेका छैनन्। केन्द्रीय सदस्यहरू गगनकुमार थापा, प्रदीप पौडेल र उमाकान्त चौधरी विरोधपत्रमा हस्ताक्ष गर्ने पक्षमा थिए। तर, सिटौलाले पार्टीभित्र ध्रुवीकरण नभई एकताको आवश्यकता रहेको भन्दै विरोधपत्रमा हस्ताक्षर गर्न नहुनेमा जोड दिएका थिए।  ‘हामी सिटौलाजी, गगन, प्रदीपसहितका नेता बसेका थियौं। अहिले विवाद बढाउनेभन्दा पनि समाधान गर्नेतर्फ लाग्नुपर्छ भन्नेमा हाम्रो जोड रह्यो’, सिटौलानिकट केन्द्रीय सदस्य उमाकान्त चौधरीले भने, ‘मुख्य कुरा महाधिवेशन समयमै गर्ने भन्ने हो। यो विषयमा सभापतिले मान्नुभयो भने किन विवाद बढाउनु पार्टीमा?’ केन्द्रीय कार्यसमितिमा सिटौला पक्षका पाँच जना सदस्य छन्।  अन्नपूर्ण पोस्टमा खगेन्द्र भण्डारीले खबर लेखेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x