×

NMB BANK
NIC ASIA

६ दिनसम्म उठेन सम्झनाको शव

असोज १३, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

बलात्कारपछि हत्या गरिएकी बालिका सम्झना कामीको शव परिवारले बुझ्न मानेको छैन । घटना भएको ६ दिन भइसक्दा पनि अपराधीलाई कानुनी दायरामा ल्याउने विषयमा प्रहरीबाट चित्तबुझ्दो जवाफ नआएको भन्दै शव उठाउन नमानेको हो ।

Muktinath Bank

बलात्कार र हत्यामा संलग्न व्यक्तिलाई पत्ता लगाइसकेको भने पनि अभियुक्तले अपराध स्वीकार नगरेको प्रहरीको भनाइ छ । प्रहरीले जारी गरेको प्रेस विज्ञप्तिमा पक्राउ परेका व्यक्ति राजेन्द्र बोहरा नै अपराधमा संलग्न छन् भन्ने खालको आशय नआएको पीडित परिवारको भनाइ छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘प्रहरीले प्रेस विज्ञप्ति भनेर एउटा पर्चा हामीलाई थमाएको छ । त्यसमा राजेन्द्र बोहरालाई पक्राउ गरेर अनुसन्धान भइरहेको भन्ने लेखेको छ,’ सम्झनाका काका ईश्वर विकले भने, ‘प्रहरीले पनि अनुसन्धानकै क्रममा छौं, उसले अपराध स्विकारेको छैन, केस जता पनि मोडिन सक्छ भनेर दुईधारे कुरा गरिरहेको छ । कतै अपराधीलाई उम्काउने खेल त होइन भन्ने शंका छ । यही नै अपराधी हो भन्ने विश्वासिलो कुरा नआउन्जेल हामी लास उठाउँदैनौं ।’


Advertisment
Nabil box
Kumari

गत बुधबार बलात्कारपछि हत्या गरिएको अवस्थामा मस्टा गाउँपालिका–२ की १२ वर्षीया सम्झनाको शव शिव मन्दिरमा फेला परेको थियो । सोही दिन प्रहरीले मस्टा–२ खिकालाका २० वर्षीय राजेन्द्र बोहरालाई पक्राउ गरेको थियो । अनुसन्धानका क्रममा बोहरा शृंखलाबद्ध अपराधका घटनामा जोडिएको पाइएको छ । घटनाको भोलिपल्ट असोज ८ गते पोस्टमार्टम गरेर सम्झनाको शव जिल्ला अस्पताल बझाङको शव गृहमा राखिएको छ ।

Vianet communication
Laxmi Bank

फ्रिज नभएका कारण शव कुहिएर गन्हाउन थालेको जिल्ला अस्पतालका डा. मिलन खड्काले बताए । जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी रूपक खड्काले अभियुक्तले अपराध स्वीकार नगरेको भए पनि बोहरा नै घटनामा संलग्न रहेको भन्ने यथेस्ट प्रमाण जुटाइसकेको बताए । बोहराको अनुन्धानका लागि अदालतबाट म्याद थप गरेको र घटनाको विभिन्न कोणबाट अध्ययन भइरहेको उनको भनाइ छ । ‘राजेन्द्र नै अपराधी हो भन्ने धेरै आधार र प्रमाण जुटाइसकेका छौं,’ उनले भने, ‘उसले अपराध अस्वीकार गर्न मात्रै होइन म बोल्दै बोल्दिनँ भन्न पनि पाउँछ ।’

घटनाको थप अनुसन्धानका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) बाट डीएसपी पञ्चकुमार बाखु नेतृत्वको टोली बझाङ आएको छ । संघीय प्रहरी कार्यालयबाट पोलिग्राफ मेसिन र विज्ञसहितको टोली पनि आएको र मंगलबारसम्म बोहराको पोलिग्राफ परीक्षण गरिने डीएसपी खड्काले बताए ।

यसैबीच, भारतको बेंग्लोरबाट आएका सम्झनाका बुवा विकास कामीलाई कोरोना संक्रमण पुष्टि भएको छ । सदरमुकाम चैनपुरमा सेल्फ क्वारेन्टाइनमा बसिरहेका उनमा जिल्ला अस्पताल बझाङमा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएको हो । क्वारेन्टाइनमा उनलाई भेट्न थुप्रै व्यक्ति गएकाले उनीहरूको कन्ट्याक्ट ट्रेसिङ गरेर पीसीआर परीक्षण गर्ने काम भइरहेको जिल्ला अस्पताल बझाङले जनाएको छ । घटना थाहा पाउनेबित्तिकै श्रीमती र दुई छोराछोरी
भारतमै छोडेर आएका विकास विक्षिप्त अवस्थामा छन् । उनले घटना भएको दिनदेखि खाना नखाएको भाइ ईश्वरले बताए ।

भावविह्वल अवस्थामा रहेका उनले छोरीको हत्यारालाई फाँसीको सजाय हुनुपर्ने बताए । छोरीसँग उनको तीन साताअगाडि अन्तिम पटक फोनमा कुरा भएको थियो ।

मलाई स्यान्डिल चप्पल पठाइदिनु बुवा भनेकी थिई । चप्पल किनेर गाउँले भाइलाई पठाइदिएको थिएँ । लाउनै नपाई राक्षसले मारिदियो,’ उनले भने । कान्तिपुर दैनिकमा वसन्तप्रताप सिंहले खबर लेखेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x