×

NMB BANK
NIC ASIA

विकास निर्माण छिटो गर्न भजनीमा एक वडा एक प्राविधिक परिचालन

असोज १३, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

कैलालीको भजनी नगरपालिकाले एक वडा एक प्राविधिक हुने गरी काममा खटाएको छ ।

Muktinath Bank

वडास्तरबाट हुने विकास आयोजनालाई समयमै लागत अनुमान दिन र काम शुरू गर्न समस्या भइरहेकाले नगरपालिकाका ९ वटै वडामा १/१ प्राविधिक खटाइएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कुनै पनि योजना बन्दा सम्बन्धित वडाबाटै स्थलगत अनुगमन गरी लागत अनुमान बनाउन सकिने तथा योजना सम्पन्न हुँदा पनि त्यहीँका प्राविधिकले स्थलगत अनुगमन गर्ने, कामको मूल्यांकन समयमै हुनेजस्ता योजनाका कामका लागि नगरपालिकाबाट प्राविधिकको टोलीले सबै काम गर्न सम्भव नभएपछि वडामै प्राविधिक रहने व्यवस्था गरिएको नगर उपप्रमुख छाया देवकोटाले जानकारी दिए ।


Advertisment
Nabil box
Kumari

‘वडामै प्राविधिक राखियो भने उपभोक्ता समितिले नबुझेका सबै कुराहरूलाई राम्रोसँग बुझेर निर्माणको काम गर्न सहज हुनाका साथै योजना निर्माणमा प्राविधिकको निगरानी, परामर्श हुने भएका कारण वडास्तरमै प्राविधिक राखेका हौंं,’ नगर उपप्रमुख देवकोटाले भने, ‘गुणस्तरीय काम र स्टिमेट निर्माण गर्दा भौगोलिक अवस्था र विपत्को अवस्था हेरी प्रत्यक्ष निगरानी गर्न सकिनेछ । समयमा उपभोक्ता समिति गठन, काम सम्पन्न हुनेछ ।’

Vianet communication
Laxmi Bank

यसअघि प्रत्येक वडाका योजनाको लागत अनुमान र अनुगमन नगरपालिकाबाटै गर्दा उपभोक्ता समितिलाई समयमै योजनाको लागत अनुमान दिन र काम शुरू गर्न समस्या भइरहेकाले नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिराम चौधरीले स्थानीयको सुविधाका लागि वडामै प्राविधिक राख्ने निर्णय गरिएको जानकारी दिए ।

‘जनताको सेवा घरदैलोमा पुर्‍याउने उद्देश्यले नगरपालिकाले प्रत्येक वडामा कामको विभाजन गरी प्राविधिक खटाइएको छ,’ चौधरीले भने, ‘कुनै पनि योजना निर्माणाधीन चरणमा अनुगमन गरियो भने समयमै सुधार गरी दीर्घकालीन र गुणस्तरीय बनाउन सकिन्छ । त्यसका लागि भए पनि वडामै प्राविधिक रहने व्यवस्था गरिएको हो ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x