×

NMB BANK
NIC ASIA

स्कूल खोल्न नयाँ जुक्ति– हरेक स्कूलमा कोरोना फोकल पर्सन

असोज १३, २०७७

NTC
Sarbottam
सांकेतिक तस्वीर
Premier Steels
Marvel

रुकुमपूर्वको पुथाउत्तरगङ्गा गाउँपालिकाले सबै विद्यालयलाई स्वास्थ्य सामग्री प्रदान गरेको छ । 

Sagarmatha Cement
Muktinath Bank

गाउँपालिकाभित्रका सबै विद्यालयका प्रधानाध्यापकलाई विद्यालयमा आवश्यक पर्ने स्वास्थ्य सामग्री वितरण गरेको गाउँपालिकाले जनाएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कोरोना महामारीको यो अवस्थामा विद्यालय खोलेर विद्यार्थीको नियमित पठनपाठन अगाडि बढाएको गाउँपालिकाले कोरोना जोखिमलाई कम गर्न विद्यालयलाई स्वास्थ्य सामग्री प्रदान गरेको हो । प्रदान गरिने स्वास्थ्य सामग्रीमा सेनिटाइजर, मास्क र हात धुने साबुन रहेको गाउँपालिकाका उपाध्यक्ष ओमकुमारी शाहीले बताइन् ।


Advertisment
Nabil box
Kumari

गाउँपालिकाका १४ वटा वडाले रु एक–एक लाख जम्मा गरी रु १४ लाखमा स्वास्थ्य सुरक्षाका सामग्री खरिद गरेर वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।

Vianet communication
Laxmi Bank

ती स्वास्थ्य सामग्री विद्यालयमा शिक्षक, शिक्षिका र विद्यार्थीले प्रयोग गर्नेछन् । यही असोजको १ गतेबाट विद्यालय खोलेको गाउँपालिकाले विद्यार्थीको नियमित पठनपाठनलाई अगाडि बढाउन थालेको छ । गएको वर्ष चैत ११ गतेबाट बन्द भएका शैक्षिक संस्था अझै खुल्न नसक्दा विद्यार्थी समस्यामा छन् । 

विद्यार्थीको शैक्षिक सत्रलाई खेर जान नदिन भन्दै गाउँपालिकाले कार्यपालिका बैठकबाट असोज १ गतेबाट विद्यालय खोल्ने निर्णय गरेको थियो । सोही निर्णयानुसार नै अहिले स्वास्थ्य सुरक्षाका मापदण्ड पालन गर्दै विद्यालय खोलेको गाउँपालिकाका उपाध्यक्ष शाहीले बताइन् ।

प्रत्येक विद्यालयमा एकजना शिक्षकलाई अनिवार्य रुपमा कोरोना फोकल पर्सन (स्रोत व्यक्ति) तोकेर जिम्मेवारी दिनुपर्ने  व्यवस्था गरिएको छ । ती स्रोत व्यक्तिले आफ्नो विद्यालयमा रहेका विद्यार्थीको स्वास्थ्य अवस्थाको बारेमा जानकारी राख्ने र कोही बिरामी भएमा तत्कालै गाउँपालिकालाई जानकारी गराउनुपर्ने निर्णय गरिएको उपाध्यक्ष शाहीको भनाइ छ । 

गाउँपालिकाभर अहिले ४४ वटा विद्यालय रहेका छन् । गाउँपालिकाको केन्द्र नजिकै रहेका तीन वटा विद्यालयमा भने तत्कालै पठनपाठन सञ्चालन नगरिने उपाध्यक्ष शाहीले बताइन् ।

ती विद्यालय क्वारेन्टीनको रुपमा प्रयोग भएकाले केही समय पछाडि मात्र त्यहाँ पठनपाठन सुचारु गरिने उपाध्यक्ष शाहीले बताइन् । रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x