×

NMB BANK
NIC ASIA

ट्रम्पको कारोबार निरन्तर घाटामा, यस्तो छ विवरण

असोज १३, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

द न्युयोर्क टाइम्स पत्रिकाले प्रकाशन गरेको खोजमूलक समाचारमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको व्यापार साम्राज्य उनले दाबी गरे जस्तो सफल नरहेको बलियो प्रमाण हो । 

Muktinath Bank

ट्रम्पले वर्षौंदेखि आफ्नो व्यापारिक सुझबुझको फुर्ती लगाउने गरेका छन् । राष्ट्रपति बन्नका लागि अरूभन्दा यो राम्रो रणनीति भएको उनले बताउने गरेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘मैले गजबका सम्झौताहरू गरेको थिएँ । युवावस्थामै मैले ती सम्झौता गरेको थिएँ । अहिले मैले संसारभरि भवन बनाइसकेको छु र कामप्रति मेरो प्रेम छ,’ सन् २०१५ को जुन महिनामा उनले राष्ट्रपति उम्मेदवार बन्ने घोषणा गर्दा भनेका थिए । ‘म आफ्नो सफलताप्रति गर्व गर्छु ।’


Advertisment
Nabil box
Kumari

तर ट्रम्प राजनीतिक वृत्तमा आएपछि त्यस फुर्तीमा जटिलता आएका छन् । विभिन्न समाचारहरूमा ट्रम्प कतिपटक टाट पल्टेको र उनको आर्थिक सफलतामा उनका पिताको हात रहेको बताइएको छ । 

Vianet communication
Laxmi Bank

आइतवार द न्युयोर्क टाइम्सले प्रकाशन गरेको खबर ट्रम्पको वित्तीय कारोबारमाथिको सबभन्दा गहन अनुसन्धान हो । उक्त पत्रिकामा ट्रम्पको कर विवरण हेर्दा उनी लाखौं डलर लिने तर निरन्तर घाटामा गइरहने देखिने भनी लेखिएको छ । 

‘ट्रम्पले गरेको कर दाखिला र उनका सयौं कारोबारहरूले उनको खोक्रोपनका साथै चमत्कार पनि देखाउँछ,’ पत्रिकाले निष्कर्ष निकालेको छ । ‘उनी वास्तविकतामा आधारित नभई ठूलो व्यापारी भएको ढोङ गर्न सफल छन् ।’

ट्रम्पले न्युयोर्क टाइम्समा आएको समाचारको खण्डन गर्दै टन्नै कर दाखिला गर्ने गरेको बताए । ‘म टन्नै आयकर तिर्छु,’ उनले भने । ट्रम्प अर्गनाइजेसनका एक वकिलले पत्रिकामा आएका सबै नभए पनि धेरै तथ्यहरू त्रुटिपूर्ण रहेको बताए । 

द न्युयोर्क टाइम्सको खोजमूलक समाचारले पत्ता लगाएअनुसार, ट्रम्पले १८ मध्ये ११ वर्ष आयकर तिरेनन् । उनले सन् २०१६ र २०१७ मा जम्मा ७५० डलर आयकर तिरे । यस्तो कसरी सम्भव भयो भन्ने विषयमा पनि समाचारमा उल्लेख गरिएको छ । 

‘आफ्नो करीयरमा ट्रम्पका कारोबारहरू घाटामा गएका छन् । वर्षभरि अन्य आयमाथिको कर घटाउनका लागि जम्मा हुने रकमभन्दा पनि बढी घाटा उनले बेहोरेका छन् । तर करसम्बन्धी नियममा एउटा सुविधा छ । केही नियन्त्रण सहित व्यापारीहरूले आगामी वर्षमा कर छुट गराउन पुराना रहलपहल घाटाहरू अगाडि बढाउन पाउँछन्,’ समाचारमा लेखिएको छ । 

खोजले देखाएअनुसार, ट्रम्पका केही कम्पनीहरूले नाफा गराइरहेका छन् भने अन्य कम्पनीहरू घाटामा छन् । उनका प्रख्यात व्यवसायहरूले वर्षैपिच्छे लाखौं डलर घाटा गराएको देखाएको छ । उनका प्रख्यात गल्फ कोर्सहरूले विगत दुई दशकमा साढे ३१ करोड डलर घाटा गराएको देखिन्छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x