भरुवा बन्दुक देखाएर तर्साउने २ जना पक्राउ

कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ दोमिल्लामा भरुवा बन्दुक देखाएर आतंक फैलाउने २ युवकलाई प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक अमरबहादुर थापाले गाउँमा भरुवा बन्दुक देखाएर त्रास फैलाइरहेको भन्ने गोप्य सूचनाका आधारमा स्थानीय २४ वर्षीय लालबहादुर विष्ट र ३५ वर्षीय कमल थापालाई नियन्त्रणमा लिएको बताए ।


Advertisement

अभियुक्तसँग लोड गरेको अवस्थामा रहेको भरुवा बन्दुकसमेत नियन्त्रणमा लिएको उनले बताए । ‘अभियुक्त विष्टले बन्दुक देखाएर तर्साएको रहेछ,’ प्रहरी उपरीक्षक थापाले भने, ‘थप अनुसन्धान भइरहेको छ ।’ 

अभियुक्तलाई हातहतियार तथा खरखजनासम्बन्धी मंगलवार मुद्दा दायरा गरेर कारवाही अघि बढाइने उनले जानकारी दिए ।


Advertisement

कमेन्ट गर्नुहोस्