देशभर २० हजार ३९६ जना सक्रिय सङ्क्रमित, २५ हजार पुगे लकडाउन !

मंगलबारसम्म देशभर कोरोनाभाइरसको सक्रिय संक्रमित  २० हजार ३९६ जना पुगेको छ । उनीहरु आइसोलेसनमा छन् । पाँच हजार ७७८ जना क्वारेन्टिनमा रहेका छन् । हाल ९ हजार ६८९ जना संस्थागत आइसोलेसनमा तथा १० हजार ७०७ सङ्क्रमित होम आइसोलेसनमा बस्दै आएका छन् ।

स्वास्थ्य मन्त्रालयले २५ हजार सक्रिय संक्रमित पुगे फेरि लकडाउन गर्न सिफारिस गरेको छ । स्वास्थ्य मन्त्रालयका सचिव संयोजक रहेको आईसीएसको गत बुधबार बसेको बैठकले २५ हजार सक्रिय संक्रमित पुगे लकडाउन  गर्न सिफारिस गर्ने निर्णय गरेको थियो ।


Advertisement

हालसम्म देशभर कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या ७६ हजार २५८ जना पुगेको छ । यस्तै हालसम्म ५५ हजार ३७१ जना कोरोना भाइरसबाट मुक्त भइ घर फर्किएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्