×

NMB BANK
NIC ASIA

आर्मेनिया र अजरबैजानले मानेनन् युद्धविराम गर्न, चर्कियो द्वन्द्व

असोज १४, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

आर्मेनिया र अजरबैजानले शान्तिवार्ता गर्नका लागि अन्तर्राष्ट्रिय समुदायले गरेको आह्वानलाई लत्याउँदै युद्ध जारी राखेका छन् । नागोर्नो–काराबाख क्षेत्रका लागि दुई मुलुकबीच भएको द्वन्द्व पूर्ण युद्धमा परिणत हुन लागेको छ । 
आआफ्नो सीमाबाट हातहतियार प्रहार गरेको भनी मंगलवार दुवै मुलुकले आरोपप्रत्यारोप गरे । 

Sagarmatha Cement
Muktinath Bank

यस द्वन्द्वले दक्षिणी ककेसस क्षेत्रको स्थिरताका विषयमा चिन्ता जन्माएको छ र यसमा टर्की र रुससमेत आमनेसामने हुने स्थिति बनेको छ । 
 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अजरबैजानका राष्ट्रपति इल्हाम अलीयेभले रुसको सरकारी टेलिभिजनसँग कुरा गर्दै वार्ताको सम्भावना पूरै नकारेका छन् । आर्मेनियाका प्रधानमन्त्री निकाले पाशिन्यानले युद्ध चलिरहँदा सम्झौताको कुनै सम्भावना नरहेको बताए । 
 


Advertisment
Nabil box
Kumari

अजरबैजानभित्र रहेको नागोर्नो–काराबाख क्षेत्रमा आर्मेनियालीहरूको कब्जा छ । सन् १९९० को दशकमा भएको युद्धमा उक्त क्षेत्र अजरबैजानबाट चोइटिएको थियो तर यसलाई कसैले पनि स्वतन्त्र राष्ट्रको मान्यता दिएको छैन । 
 

Vianet communication
Laxmi Bank

आइतवारदेखि चलिरहेको द्वन्द्वमा लगभग १०० जना मारिएका र अन्य सयौंजना घाइते भएका छन् । 
 

शीतयुद्धकालसम्म सोभियत संघमा यी दुई मुलुक आबद्ध रहेका थिए । 
 

आर्मेनियाको हवाईक्षेत्रमा टर्कीको एफ–१६ लडाकू विमानले आफ्नो युद्धविमान खसाएको र पाइलट मारेको भनी आर्मेनियाले आरोप लगाएको छ । 

तर उसले यसको प्रमाण दिएन । टर्कीले यस दाबीलाई खारेज गरेको छ । 
 

अजरबैजानका सुरक्षाफौजलाई सहायता गर्न भाडाका सिपाहीहरू टर्कीले पठाएको आरोप पनि आर्मेनियाले लगाएको छ । 
 

पूर्णकालीन युद्ध भएमा टर्की मात्र नभई रुससमेत संलग्न हुन सक्छ । मस्कोले आर्मेनियासँग रक्षा साझेदारी गरेको छ तर अजरबैजानसँग पनि यसको राम्रो सम्बन्ध छ ।

मस्कोले टर्की, आर्मेनिया र अजरबैजान तीनै मुलुकसँग सम्पर्क गरेको छ । कुनै पनि शक्तिलाई सैन्य सहायता गर्दा आगोमा घ्यू थप्ने काम मात्र हुने उसले बुझेको छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x