×

NMB BANK
NIC ASIA

कांग्रेसमा देउवाविरुद्ध मोर्चैमोर्चा !

'कोरोनालाई देखाएर 'असक्षमता' छोप्ने रणनीतिमा सभापति देउवा'

असोज १४, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

१४ औं महाधिवेशनको मिति नजिकिँदै गर्दा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस महाधिवेशन हुने कि नहुने भन्ने बहसमा प्रवेश गरेको छ ।

Muktinath Bank

गत सालको फागुनमै हुनुपर्ने महाधिवेशनको मिति केन्द्रीय कार्यसमितिको विशेषाधिकार प्रयोग गरेर एक वर्ष सारिएको थियो । आउने फागुन ७ देखि १० गतेसम्म काठमाडौंमा १४ औं महाधिवेशन हुने कार्यतालिका रहेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

महाधिवेशन गर्न ५ महिना मात्र बाँकी रहेको अवस्थामा महाधिवेशन नै हुन्छ कि हुँदैन भन्ने बहसमा कांग्रेस प्रवेश गर्नु दु:खद् रहेको भन्दै कतिपय नेताहरूले असन्तुष्टि पोखेका छन् ।


Advertisment
Nabil box
Kumari

महाधिवेशन नगर्ने खेलमा नेतृत्व लागेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल, डा. शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, प्रकाशमान सिंह, डा. रामशरण महतलगायतका २७ केन्द्रीय सदस्यले सभापति देउवालाई हस्ताक्षरसहित चेतावनीपत्र पठाएका छन् ।

Vianet communication
Laxmi Bank

सोमवार पठाइएको चेतावनी पत्रमा भनिएको छ, 'चार वर्षको वैधानिक कार्यकाल सकियो,अनि कुनै त्यस्तो ‘असाधारण परिस्थिति’को आधार नहुँदानहुँदै कार्यकाल एक वर्ष बढाइयो । त्यसपछि मात्र महाधिवेशनको प्रक्रिया, त्यो पनि अत्यन्त सुस्त गतिमा प्रारम्भ गरिएको छ, तर समयमै निष्पक्ष ढंगबाट महाधिवेशन नगर्ने प्रपञ्च अझै जारी देखिन्छ ।'

यद्यपि कांग्रेसभित्र समयमै महाधिवेशन हुन नसक्ने धारणा गत साउनको अन्तिम साता सभापति शेरबहादुर देउवा निवासमा बसेको वर्तमान र पूर्व पदाधिकारीको बैठकमै उठेको नेता कृष्णप्रसाद सिटौलाले लोकान्तरलाई बताएका थिए ।

कोरोनालाई देखाएर सभापति देउवाले आफ्नो कार्यकाल थप ६ महिना थप्न चाहेको देउवाइतर नेताहरूको आरोप छ ।

महाधिवेशनको कार्यतालिका प्रभावित हुने देखिएपछि वरिष्ठ नेता पौडेलले १३ औं महाधिवेशनकै प्रतिनिधिहरूमार्फत विशेष अधिवेशन गर्न सकिने धारणा राखेका थिए । पौडेलले यस्तो धारणा राखेपछि आफ्नै समूहका नेताहरूबाट आलोचित भए । १४ औं महाधिवेशन विधि र प्रक्रियासम्मत तोकिएकै समयमा हुनुपर्ने र त्यसमा कुनै हेरफेर हुन नहुने भन्दै प्रभावशाली नेता प्रकाशमान सिंहले पौडेलको आलोचना गरेका थिए ।

असक्षमता छोप्ने अस्त्र कोरोना !

कांग्रेसको विधान अन्य पार्टीको भन्दा बढी खुला छ । ४/४ वर्षमा हुनुपर्ने महाधिवेशनलाई केन्द्रीय कार्यसमितिले विशेष अधिकार प्रयोग गरेर १ वर्ष समय घर्काउन सक्छ भने कुनै संकटकालीन अवस्थालाई देखाएर केन्द्रीय कार्यसमितिको म्याद थप ६ महिना समय थप्न सकिने प्रावधान विधानमा छ ।

कोरोना संकटको अवसरलाई सभापति देउवा समूहले फागुनमा महाधिवेशन नगर्न प्रयोग गरेको आरोप यही कारण लाग्ने गरेको हो ।

लोकान्तरसँग कुरा गर्दै कांग्रेस नेता रामहरि खतिवडाले भने, 'आजको परिस्थिति हेर्दा भदौसम्म सक्रिय सदस्यको लिस्ट पठाउनु पर्ने थियो त्यो भएन । तराईका ८ जिल्लामा कुनै पनि काम भएको छैन । फागुनमा महाधिवेशन हुँदैन । कसैले चाहे पनि नचाहे पनि फागुनमै महाधिवेशन हुने स्थिति बनेकै छैन । यो कुरा नेताहरूले स्पष्ट रूपमा आफ्ना कार्यकर्तालाई भनिदिनुपर्छ ।' 

खतिवडाले मंसिरमा वडा, पालिका र जिल्लामा अधिवेशन हुने सम्भावना क्षीण भएर गएको बताए । 'कांग्रेसको विधानअनुसार महाधिवेशनको मिति थप ६ महिना सार्न सकिन्छ । आगामी भदौसम्म महाधिवेशन भएपनि अहिले ठूलै उपलब्धि मान्नुपर्ने जस्तो अवस्था आइसक्यो ।'

कांग्रेसका अर्का नेता डा. मिनेन्द्र रिजालले पनि आफूलाई सहज भएपछि मात्र महाधिवेशन गर्ने दिशामा नेतृत्व हिँडेको आरोप लगाएका छन् । 'संगठन आफ्नो पक्षमा नभएपछि तत्कालका लागि महाधिवेशन नगर्ने मनसाय सभापतिको छ,' रिजालले लोकान्तरसँग भने ।

तर महाधिवेशन गर्न वैकल्पिक उपायको खोजी गर्नुपर्ने मत पनि कांग्रेसमा उठेको छ ।

के हो त्यो विकल्प ?

केही दिनअघि लोकान्तरसँगको संक्षिप्त कुराकानीमा केन्द्रीय सदस्य नविन्द्रराज जोशीले भनेका थिए, 'नेतृत्वले लक्ष्य राख्ने हो र त्यसलाई पूरा गर्न उपायको पनि खोजी गर्ने हो । २०१२ सालमा जिल्ला-जिल्लामै भोट छापिएर केन्द्रमा आउँथ्यो । अहिले कसै गरेर महाधिवेशन हुनै नसक्ने स्थितिमा पुग्यो भने त्यो उपाय पनि गर्नुपर्छ ।' 

कांग्रेसका अर्का प्रभावशाली युवा नेता गुरुराज घिमिरे प्रश्न गर्छन्, 'अमेरिकामा चुनाव हुन सम्भव छ, कोरियामा हुन्छ भने यहाँ नहुनुपर्ने कारण के छ ? प्रविधिको यति धेरै विकास भएको छ, कुनै समस्या हुँदैन, जमघट मात्र गर्न समस्या हो ।'

घिमिरेले ठूला जमघट नगर्ने र धेरै मतदान केन्द्र बनाउने उपाय सुझाएका छन् ।

'हामीले जिल्ला अधिवेशनमा पनि पालिकामै मतदान केन्द्र बनाउने । जस्तै कुनै जिल्लामा १७ वटा पालिका छन् भने त्यतिवटा नै मतदान केन्द्र बनाउने । क्षेत्रीय अधिवेशनको त एउटै मतदान केन्द्र भए भइहाल्यो । उद्घाटन नगर्ने त हो । आएर भोट हालेर जान के समस्या छ र ?'

घिमिरेले थपे – 'एउटा एसएमएस पठायो भने सूचना जारी हुन सक्छ । नेटबाट नै फोटोसहितको फर्म भर्न सक्छौं । यति सुविधा हामीसँग छ । पालिकाको केन्द्रसम्म सबै ठाउँमा इन्टरनेट एक्सेस छ अपवाद छाडेर । यस्तो अवस्थामा महाधिवेशन हुन सक्दैन भन्ने तर्क सही छैन ।

१९ गतेको केन्द्रीय समिति बैठकको पर्खाइ !

यतिबेला कांग्रेसका नेताहरू महाधिवेशन तोकिएकै समयमा हुन्छ कि हुन्न भन्ने विषयमा केही बोल्न चाहँदैनन् । 'हामी १९ गतेको केन्द्रीय समिति बैठक पर्खिरहेका छौं,' एक केन्द्रीय सदस्यले लोकान्तरसँग भने, 'यदि बैठकले निकास दिन्छ भने ठीक छ, दिँदैन भने हामी त्यसपछि मुख खोल्छौं ।'

कांग्रेसमा १२ युवा नेताको एउटा प्रभावशाली समूह छ । २०७४ सालदेखि नै त्यो समूह अस्तित्वमा आएको थियो । समूहमा गगन थापा, प्रदीप पौडेल, धनराज गुरुङ, गुरुराज घिमिरे, चन्द्र भण्डारी लगायतका युवा नेताहरू छन् ।

१९ गतेको केन्द्रीय समिति बैठकपछि युवाहरूको समूह एक्सनमा आउने घिमिरेको दाबी छ । 'बैठकले निकास निकाल्न सकेन भने हामीले पार्टीलाई पनि लीड गर्छौं र समयमै महाधिवेशन हुने कुराको सुनिश्चितता गर्ने हिसाबले अघि बढ्छौं,' घिमिरेले लोकान्तरसँग भने ।

युवाहरूको समूहबाहेक संस्थापनइतर पक्षमा वरिष्ठ नेता पौडेल, डा. शेखर कोइराला, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला र प्रकाशमान सिंहले नेतृत्व दाबी गरिरहेका छन् । उनीहरू छुट्टाछुट्टै समीकरणको हिसाबकिताब पनि गरिरहेका भेटिन्छन् ।

आफ्नो आफ्नो दाबी रहेपनि नेताहरूले छिट्टै सर्वमान्य उम्मेदवार घोषणा गरिने पनि बताउने गरेका छन् ।

देउवाविरुद्ध मोर्चैमोर्चा,तर पनि विन्दास!

कार्यकालको अन्त्यतिर आइपुग्दा सभापति देउवाविरुद्ध विभिन्न मोर्चाहरू सीनमा देखिएका छन् ।

भावी नेतृत्वको दाबी गर्दै पार्टीमा विभिन्न मोर्चा बनिरहेको छ । सबैभन्दा पहिला त शेखर कोइरालाले उनीविरुद्ध लामो समयदेखि फायर खोल्दै आएका छन् ।

अहिले आएर देउवाको दाहिने हात मानिने विमलेन्द्र निधिले समेत भावी सभापतिमा दाबी गर्दै मोर्चा बनाएका छन् ।

रामचन्द्र पौडेलको पुरानो मोर्चा छिन्नभिन्न अस्थामा जीवितै छ । कृष्णप्रसाद सिटौलाको मोर्चा पनि कांग्रेसमा लोमसमयदेखि सक्रिय छ ।

पछिल्लो समय कोइराला परिवारमा पनि दुई कित्ता देखिएको छ । महामन्त्री शशांक कोइरालाले पनि सभापतिमा दाबी गर्दै मोर्चा खोलेका छन् ।

रामचन्द्र पौडेल समूहमा रहेका मानिने नेता प्रकाशमान सिंहको पनि आफ्नै मोर्चा रहेको चर्चा कांग्रेसभित्र सुनिन्छ ।

आफूविरुद्ध मोर्चैमोर्चा देखिएपनि देउवा भने विन्दास देखिन्छन् ।

'सभापति देउवा यतिबेला विन्दास देखिनुभएको छ, उहाँलाई पार्टी जे सुकै होस्, त्यसको मतलब नै छैन,' पौडेल समूहका एक नेताले लोकान्तरसँग देउवाका बारेमा यस्तो टिप्पणी गरे । हुन पनि देउवाले महाधिवेशनका बारेमा कुनै सार्वजनिक टिप्पणी गरेका छैनन् ।​

आफूइतर समूहमा नेताहरूको व्यवस्थापनमा जटिलता देखेका देउवा आफ्नो समूहमा भने सर्वमान्य उम्मेदवार बन्नेमा ढुक्क रहेको उनी निकट नेताहरू बताउँछन् । उपसभापति निधिले सभापतिमा दाबी गरेका छन् तर देउवा निधिलाई सहजै व्यवस्थापन गर्न सकिने रणनीतिका साथ अघि बढिरहेको उनीहरूको तर्क छ ।

देउवासँग अहिले केन्द्रीय समितिमा बहुमत छ । त्यसैका आधारमा उनले महाधिवेशनको मिति तोक्नेदेखि लिएर क्रियाशील सदस्यता नवीकरणसम्बन्धी कतिपय विधानका धाराहरू निलम्बन गरिदिए । आफूइतरका नेताहरूको निरन्तरको खबरदारीपछि पनि देउवाले विभागको संख्या बढाएर धमाधम नियुक्तिहरू गरिरहे ।

केन्द्रीय समितिमा रहेको आफ्नो बहुमतमार्फत देउवाले महाधिवेशनको मिति पुनः सार्न सक्ने भय पौडेल समूहलाई छ । त्यो भय २ दिन अगाडि हस्ताक्षरसहित बुझाइएको ज्ञापनपत्रमा समेत झल्किएको छ ।

केन्द्रीय सदस्य डा. शोभाखर पराजुलीले महाधिवेशन घोषणा हुनुभन्दा पहिल्यै गर्नुपर्ने काम अहिले भइरहेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

उनले लोकान्तरसँग भने, 'समयतालिका अनुसार महाधिवेशनका कामहरू अघि बढेका छैनन् । क्रियाशील सदस्यताको पारदर्शिता मेन्टेन भएको देखिएको छैन । यस्तो अवस्थामा महाधिवेशनका लागि समय थप गर्ने कि भन्ने पनि चलिरहेको छ ।'

पराजुलीले अहिल्यै नेतृत्वमा को आउँछ भनेर भन्न नसकिने बताए ।

'जिल्ला र प्रदेश अधिवेशन सकिएपछि मात्र अलिकति प्रस्ट सिनारियो देखिएला,' उनले भने, 'अहिल्यै फलानो–फलानो आउला भन्नु छिटो हुन्छ ।'

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १०, २०८०

सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...

चैत १, २०८०

सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...

माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

माघ २, २०८०

आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...

माघ १८, २०८०

चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...

पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x