माघ १८, २०८०
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
असोज १४, २०७७
ललितपुरको चुनीखेलकी गीता केसी हत्या प्रकरणमा अभियुक्त निर्मल केसीको बयानले नयाँ खुलासा गरेको छ ।
हत्या अभियोगमा पक्राउ परेको गीताका भतिजा निर्मलले आफ्नी पत्नीभन्दा पनि धेरै माया गर्ने काकीले बाहिर अर्कै पुरुषसँग सम्बन्ध रहेको बताएपछि आक्रोशमा आएर हत्या गरेको बयान दिएका छन् ।
‘मैले काकीलाई आफ्नी श्रीमतीलाई भन्दा बढी माया गर्ने, समय दिने, हरेक इच्छा आकांक्षा पुर्याउने गरेतापनि अर्कै व्यक्तिसँग सल्किएको कुरा सुनेर काकीप्रति घृणा जागेर आवेगमा हत्या गरें,’ निर्मलले प्रहरीमा दिएको बयान उदृत गर्दै एक प्रहरी अधिकारीले भने ।
अर्कैसँग सम्बन्ध रहेको थाहा पाई आवेगमा एकान्त जंगलमा सिध्याएर फाल्ने सोच आएपछि उभिएकी काकीको गलामा बेरिएको सललाई पछाडिबाट दुवै हातले समातेर कसेपछि काकीको प्राण गएको बयान निर्मलले दिएका जनाइएको छ ।
सरकारी वकिलको कार्यालयले २०७७ असोज १२ गते सोमवार जन्मकैदको मागसहित जिल्ला अदातल ललितपुरमा निर्मलविरुद्ध मुद्दा दायर गरेको छ ।
अदालतले निर्मललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको महानगरीय प्रहरी वृत्त चापागाउँका प्रहरी नायब उपरीक्षक (डीएसपी) इटराज ओझाले बताए ।
के भएको थियो त्यो दिन ?
निर्मलले दिएको बयान अनुसार घटना भएको दिन २०७७ भदौ १७ गते बिहान निर्मलले काकी गीतालाई फोन गरेर घुम्न जान अनुरोध गरे र गीताले सहजै स्वीकार गरिन् ।
अभियुक्त निर्मलले चलाएको बा९३प ४६२३ नम्बरको मोटरसाइकलमा दुवै जना भैसेपाटी हुँदै एकान्तकुना पेट्रोल पम्पमा पुगेर मोटरसाइकलमा पेट्रोल हाले ।
निर्मलले काकीलाई घुमाउन लेलेको जंगलतिर लगे । जंगलमा काकीसँग शारीरिक सम्पर्क राख्ने सोच आएपछि निर्मलले गीतालाई शारीरिक सम्पर्कको प्रस्ताव राखे र गीताले सहमति जनाएपछि जंगलमै शारीरिक सम्पर्क राखेको व्यहोराको बयान निर्मलले प्रहरीमा दिएका छन् ।
‘घर फर्कन चापागाउँतर्फ आउने क्रममा लेले भञ्ज्याङमा पुग्दा काकीसँग शारीरिक सम्पर्क राख्ने सोच बनाई मोटरसाइकल भञ्ज्याङबाट वनतर्फ जाने बाटोतर्फ मोडेर जंगलको बीच भागको बाटोमा पुर्याएपछि काकीकै सहमतिमा एक पटक शारीरिक सम्पर्क राखें,’ निर्मलले प्रहरीमा भनेका छन् । त्यसपछि कुराकानी हुँदा गीताले अन्य पुरुषसँग पनि सम्बन्ध भएकाले परिवार पनि छोड्न नसक्ने र ती पुरुषलाई पनि छाड्न नसक्ने बताएको निर्मलले भनेका छन् ।
‘कुराकानी हुँदा काकीले आज घर जान मन लागेको छैन भन्नुभयो । मैले किन भनेर सोध्दा काकीले मैले घर, बालबच्चा र तपाईंलाई छोड्न सक्दिनँ र मलाई माया गर्ने व्यक्तिलाई पनि छोड्न सक्दिनँ, मर्यो भने आनन्द हुन्छ जस्तो लागेर आत्महत्या गर्न मन लाग्छ भनेर बताउनुभयो । त्यस्तो कुरा सुनेर म छाँगाबाट खसेजस्तै भएँ,’ निर्मलले बयानमा भनेका छन् ।
निर्मलले पत्नीभन्दा धेरै माया गर्ने र इच्छा आकांक्षा परिपूर्ति गर्दा पनि अर्कैसँगको सम्बन्ध बताएपछि हत्या गरेको बयान दिएका छन् । उनले काकी गीताको सलले घाँटीमा बेरेर हत्या गरेको बयान दिएका छन् । ‘त्यसपछि लाशलाई कसैले देख्ने डरले बाटो छेउको भीरबाट धकेलेर फालें । त्यसपछि गीताका ब्याग पनि जंगलमै फालें,’ निर्मलले भने । त्यसपछि निर्मल आफ्नो घर चुनीखेल फर्किएका थिए ।
गीता रातिसम्म घर नआएपछि उनकी सानी छोरीले निर्मललाई फोन गरिन् । निर्मलले गीतालाई दिउँसो अल्का अस्पतालमा छाडेर फर्किएको जवाफ दिए । गीता अल्का अस्पतालमा हाउसकिपिङको काम गर्थिन् ।
भदौ १९ गते ललितपुरको गोदावरी नगरपालिका–१० मुलडोलस्थित लेलेको सामुदायिक वनमा हत्या गरेको अवस्थामा ललितपुरको भैंसेपाटी बस्दै आएकी ३९ वर्षीया गीता केसीको शव फेला परेको थियो । हत्याको आरोपमा भतिजा निर्मल केसीलाई प्रहरीले २० गते पक्राउ गरेको थियो ।
घटनास्थलमा छरिएको अवस्थामा नागरिकता सहितको ब्याग, जुत्ता, परिचयपत्र, पहेँलो कपडाको सल फेला परेको थियो । घटनाको समयमा प्रयोग गरिएको बा९३प ४६२३ नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ ।
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...