×

NMB BANK
NIC ASIA

वामदेवविरुद्ध परेको रिटमाथि संवैधानिक इजलासमा बहस, शुक्रवार पनि सुनुवाइ हुने

असोज १४, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

नेकपा उपाध्यक्ष एवं राष्ट्रिय सभाका सदस्य वामदेव गौतमविरुद्धको रिटमाथि आजदेखि संवैधानिक इजलासमा सुनुवाइ शुरू भएको छ ।

Muktinath Bank

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको नेतृत्वमा गठन भएको ५ सदस्यीय संवैधानिक इजलासमा बुधवार दिनभर सुनुवाइ भएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

इजलासमा न्यायाधीशहरू दीपककुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडा रहेका छन् ।


Advertisment
Nabil box
Kumari

वामदेव विरुद्धका रिट निवेदक वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी लगायतले बुधवार बहस गरेका थिए ।

Vianet communication
Laxmi Bank

पक्ष र विपक्षका लागि दुई-दुई घण्टाको समय छुट्ट्याइएकोमा रिट निवेदकका तर्फबाट बद्रिबहादुर कार्की लगायतले बहस गरेका थिए । 

विपक्षीका तर्फबाट आज महान्यायाधिवक्ता अग्नि खरेल लगायतले बहस गरेका छन् । बहस नसकिएकाले सुनुवाइ शुक्रवारसम्मका लागि लागि सरेको अधिवक्ता त्रिपाठीले जानकारी दिए ।

गौतमको पक्षबाट डा. युवराज संग्रौला लगायतले बहस गर्ने तयारी गरेका छन् । गौतमको पक्षमा दुई दर्जनभन्दा बढी अधिवक्ताले बहसका लागि नाम लेखाएका छन् । 

यसअघि न्यायाधीश डा. आनन्दमोहन भट्टराईको एकल इजलासले गौतमलाई थप संवैधानिक अधिकार नदिन अन्तरकालीन अन्तरिम आदेश जारी गरेको थियो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले गौतमलाई असोज १ गते राष्ट्रिय सभाको सदस्यमा नियुक्त गरेकी थिइन् ।

गौतमले सोही दिन राष्ट्रिय सभाको सदस्यको शपथ लिएका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x