×

NMB BANK
NIC ASIA

एनसेलको पेएज यूगो डेटा अब ४० पैसा प्रति एमबीसम्ममा पाइने

असोज १५, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

एनसेल आजियाटा लिमिटेड (पहिले एनसेल प्राइभेट लिमिटेड) ले आफ्ना ग्राहकलागि आकर्षक साप्ताहिक पेएज यूगो योजना ल्याएको छ जसअन्तर्गत ग्राहकले कर बाहेक ४० पैसा प्रति एमबी सम्ममा डेटा सेवा प्रयोग गर्न सक्छन् । 

Muktinath Bank

यो योजना बुधबार (असोज १४) देखि लागु भएको छ । पेएजयूगो अर्थात मेन ब्यालेन्सबाटै विद्यमान प्रति एमबी कर बाहेक रु २ मा डेटा सेवा प्रयोग गर्ने र सुलभ दरमा डेटा सेवा प्रयोग गर्नका लागि प्याक सुविधा नलिने ग्राहकहरुलाई ध्यानमा राखी सुलभ दरमा सेवा प्रदान गर्न यो योजना ल्याइएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यस योजनामा ग्राहकले आफ्नो मेन ब्यालेन्सबाट जति धेरै खर्च गर्दछन् त्यसै अनुरुप डेटाको शुल्क अझ सुलभ हुँदै जान्छ । यदी ग्राहकले पेएज यूगो अन्तर्गत एक हप्तामा डेटाका लागि रु २० सम्म खर्च गरेमा विद्यमान पेएजयूगो शुल्क रु २ प्रति एमबी पर्दछ । एक हप्तामा ग्राहकले रु २० देखि रु ५० सम्म डेटा सेवामा खर्च गर्ने बितिकै सेवा प्रयोगका लागि प्रति एमबी शुल्क रु १ मा झर्दछ । त्यसैगरी यदी ग्राहकले एक हप्तामा रु ५० भन्दा बढी खर्च गर्ने बितिकै प्रति एमबी मात्र रु ४० पैसामा मेन ब्यालेन्बाटै डेटा सेवाको फाइदा लिन सक्छन् ।      


Advertisment
Nabil box
Kumari

साप्ताहिक चक्रमा हरेका हप्ता आइतबार देखि शनिबार सम्ममा ग्राहकले पेएज यूगो डेटा अन्तर्गत गरेको खर्चको आधारमा यो योजना संचालन हुन्छ । जस्तै कुनै ग्राहकले आइतबार देखि बुधबार सम्ममा पेएज यूगो डेटा सेवामा रु २३ खर्च गरेमा ग्राहकको मेन ब्यालेन्सबाट रु २० भन्दा बढि खर्च हुने बित्तिकै पेएज यूगो शूल्क त्यहि हप्ताको शनिबार मध्यरातसम्मका लागि रु १ प्रति एमबीमा झर्नेछ । त्यस्तै सोहि ग्राहकको खर्च उक्त हप्ता रु ५० भन्दा बढि हुने बित्तिकै ग्राहकले त्यस हप्ताको शनिवार मध्यरातसम्मका लागि मात्र ४० पैसा प्रति एमबीमा डेटा सेवाको फाइदा लिन सक्दछ । 

Vianet communication
Laxmi Bank

आफ्ना ग्राहकका लागि मेन ब्यालेन्सबाटै सुलभ दरमा डेटा सेवा सुनिश्चित गर्ने यो आकर्षक सेवा ल्याउन पाएकोमा एनसेल निकै हर्षित रहेकोे कम्पनीले जनाएको छ । सुलभ दरमा डेटा प्रयोग गर्न डेटा प्याकहरू सबै भन्दा राम्रो विकल्प भए पनि, यस योजनाले कुनै डेटा प्याक सुचारु नगरी पेएज यूगोमा डेटा चलाउने ग्राहकलाई ठूलो फाइदा पुर्याउने विश्वास एनसेलले लिएको छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
असोज २४, २०८०

बुधबार गोलभेँडा ठुलो (भारतीय) को अधिकतम थोक मूल्य प्रतिकिलो ४० रुपैयाँ रहेको छ । यस्तै गोलभेँडा सानो (लोकल) को ४५ रुपैयाँ रहेको छ ।  यसैगरी आलु रातोको ६५, प्याज सुकेको (भारतीय) को ७५, काउली स्थानी...

माघ १७, २०८०

नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य वृद्धि गरेको छ । निगमले ग्यासको मूल्य प्रतिसिलिन्डर १५ रुपैयाँ बढाएको हो ।  यससँगै बिहीबारदेखि ग्यासको मूल्य प्रतिसिलिन्डर १९१० रुपैयाँ पर्ने भएको छ ।  ...

मंसिर १९, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा सानो (टनेल)को अधिकतम थोक मूल्य प्रतिकिलो ३० रुपैयाँ रहेको छ भने गोलभेँडा सानो (भारती...

मंसिर ८, २०८०

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य तय गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली)को अधिकतम थोक मूल्य प्रतिकिलो ९० रुपैयाँ र गोलभेँडा ठुलो (भारतीय)...

कात्तिक २४, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ ।  जसअनुसार गोलभेँडा ठुला नेपालीको अधिकतम थोक मूल्य प्रतिकिलो ७० तथा भारतीयको ५० रुपैयाँ कायम रहेक...

कात्तिक २०, २०८०

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली) को अधिकतम थोक मूल्य प्रतिकिलो ७० रुपैयाँ रहेको छ ।  ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x