×

NMB BANK
NIC ASIA

सम्झनाको अन्तिम संस्कार

असोज १५, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

आफन्त र परिवारका सदस्यले सदरमुकाम चैनपुर नजिक सेती नदी बाहुलीगाडको दोभानमा सम्झनाको बुधबार अन्तिम संस्कार गरेका छन् ।

Sagarmatha Cement
Muktinath Bank

दोषीलाई पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्नुपर्ने माग राख्दै परिवारले शव बुझ्न मानेको थिएन । प्रहरीले मंगलबार साँझ पत्रकार सम्मेलन गर्दै अभियुक्त सार्वजनिक गरेको थियो । सम्झनालाई श्रद्धाञ्जली दिन जिल्लास्थित राजनीतिकर्मी, मानवअधिकारकर्मी र दलित अधिकारको क्षेत्रमा काम गर्ने व्यक्ति तथा संघसंस्थाका प्रतिनिधि सेती दोभान पुगेका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

छोरीको हत्याको घटना सुनेर आइतबार मात्रै भारतबाट बझाङ आइपुगेका विकास कामी भने कोरोना संक्रमित भएका कारण अन्तिम बिदाइमा सहभागी हुन पाएनन् । उनी सदरमुकामस्थित एक घरमा आइसोलेसनमा छन् । अन्त्येष्टिपछि भावविह्वल बनेका हजुरबुबाले आफूले दुःख गरेर हुर्काएकी नातिनीको जीवन समाप्त पार्नेलाई फाँसीको सजाय दिएमात्रै सम्झनाको आत्माले शान्ति पाउने बताए ।

यसैबीच हत्याको आरोपमा पक्राउ परेका मस्टा गाउँपालिका–२ खिकालाका राजेन्द्र बोहराले अपराध स्वीकार गरेका छन् । गत बुधबार सोही ठाउँकी १२ वर्षीया सम्झना कामीको बलात्कारपछि हत्या भएको थियो । त्यही दिन पक्राउ परेका बोहराले आठ दिनपछि बुधबार प्रहरीसामु हत्या स्विकारेका हुन् ।


Advertisment
Nabil box
Kumari

गोठ हिँडेकी सम्झनालाई खिकाला गाउँबाट १५ मिनेट टाढा रहेको सिमथला जंगलबाट नियन्त्रणमा लिएर बलात्कारपछि हत्या गरेको उनले साविती बयान दिएको प्रहरीले जनाएको छ । ‘सुरुमा फकाएर मन्दिरतर्फ लगेको र सम्झनाले मन्दिरभित्र जान नमानेपछि उनले बोकेको डोको, नाम्लो र हँसिया थुतेर फालिदिएको रहेछ,’ प्रहरी स्रोतले भन्यो, ‘त्यसपछि लछारपछार गर्दै मन्दिरभित्र लगेर बलात्कार गरेछ ।’

Vianet communication
Laxmi Bank

बलात्कारका क्रममा सम्झनाले सक्दो प्रतिकार गरेको र गाउँका सबैलाई भनिदिन्छु भनेपछि पोल खुल्ने डरले हत्या गरेको बोहराले बयानमा बताएका छन् । उनले मन्दिरभित्र रहेको त्रिशूल र घनले हानेर हत्या गरेको प्रहरीसमक्ष स्विकारेका छन् । प्रहरीले घटनास्थलबाट हत्यामा प्रयोग भएका हतियार बरामद गरिसकेको छ ।

‘सुरुमा ढुंगाले टाउकोमा हानें । टाउकाको चोटले सम्झना ढलेपछि मन्दिरभित्र रहेको त्रिशूल ल्याएर पिठ्युँमा घोपेको हुँ,’ बोहरालाई उद्धृत गर्दै बयानमा संलग्न एक प्रहरीले भने, ‘त्रिशूलले घोपेपछि ऊ झन् छटपटाउन थाली । त्यसपछि फेरि घनले टाउकोमा हानें ।’ मन्दिरको शौचालय र गोलघरको निर्माण कार्य भइरहेकाले घनलगायतका सामान त्यहीं राखिएको र बोहराले त्यसैको प्रयोग गरेको प्रहरीको भनाइ छ ।

गत साउनमा पनि बोहराले पानीघट्टमा अर्की १३ वर्षीया बालिकालाई बलात्कार गरेको सार्वजनिक भइसकेको छ । घटनापछि मिलापत्र भएको र पुनः यो घटना पनि बाहिर आएपछि झन् तनाव हुने सोचले आफू सम्झनालाई मार्ने मनसायमा पुगेको उनले प्रहरीसमक्ष बताएका छन् । बोहराले सम्झनाको हत्या गरिसकेपछि मन्दिरभन्दा ५ मिनेट टाढा गाउँतर्फ गएर ओखर टिपेर खाएको र खोला किनारमा गएर बालुवामा सायरीसमेत लेखेको बताएका छन् ।

कसैले सोध्यो भने ‘ओखर खान गएको थिएँ’ भनेर बहाना बनाउने सोचेको उनको भनाइ छ । अन्य सबुत प्रमाणका आधारमा बोहरा नै हत्यारा हो भन्ने निष्कर्षमा प्रहरी पुगे पनि उनले अपराध स्वीकार नगरेका कारण जिल्लावासीले अनुसन्धानमा शंका गरेका थिए । मंगलबार भएको सर्वपक्षीय बैठकमा पनि उनको पोलिग्राफ र डीएनए परीक्षण गर्नुपर्ने माग उठेको थियो ।

त्यसैले प्रहरी बोहरालाई सावित गराउनुपर्ने वा वैज्ञानिक परीक्षण गरेर अपराध पुष्टि गर्नुपर्ने दबाबमा थियो । ‘हामी त ऊभन्दा अर्को अपराधी हुनै सक्दैन भन्नेमा पहिले नै ढुक्क थियौं,’ जिल्ला प्रहरी कार्यालय प्रमुख डीएसपी रूपक खड्काले भने, ‘उसले अपराध स्वीकार नगरेका कारण आम मान्छेमा शंका उठ्नु स्वाभाविकै हो । अब उसले अपराध स्वीकार गरिसकेको छ ।’

उनलाई सावित गराउन प्रहरीले यसअघि प्रयोगमा ल्याएका धेरै जुक्ति र प्रविधि प्रयोग गर्नुपरेको डीएसपी खड्काले जानकारी दिए । ‘घटनालगत्तै अपराधी पक्राउ गर्नेदेखि साविती बयान गराउनसम्म प्रहरी हेडक्वार्टर, प्रदेश र जिल्लाको टिमको संयुक्त प्रयासले समयमै दोषी पत्ता लगाउन सफल भयौं,’ उनले भने, ‘केही दिनभित्रै अनुसन्धान सकेर अदालतमा मुद्दा दर्ता गर्छौं ।’

यसैबीच, गृह मन्त्रालयले सम्झनाको परिवारलाई १० लाख राहत दिने निर्णय गरेको मौखिक जानकारी आएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । निमित्त प्रमुख जिल्ला अधिकारी रामबहादुर सार्कीका अनुसार सम्झनाको परिवारलाई राहत उपलब्ध गराउने विषयमा सुदूरपश्चिम प्रदेश सरकार पनि छलफलमा रहेको छ । कान्तिपुर दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x