×

NMB BANK
NIC ASIA

बलात्कारबारे गृहमन्त्री भन्छन् : 'चिन्तित हुनुपर्दैन’

असोज १५, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

अचेल दिनमा औसत सात जना बलात्कृत भइरहेका छन् ।

Muktinath Bank

बझाङकी १२ वर्षीया बालिका सम्झना कामीको हत्यादेखि सप्तरीकी १७ वर्षीया संगीता मण्डलको सामूहिक बलात्कारपछि आत्महत्यालगायत घटनाको विरोधमा सडकबाट समेत आवाज उठिरहेको छ । कञ्चपुरकी किशोरी निर्मला पन्तको बलात्कारपछि हत्याका दोषी पत्ता लाग्न सकेको छैन ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यस्ता घटनामा राज्यका तहबाट गम्भीरता देखाउनुपर्ने मुख्य राजनीतिक नेतृत्वकर्ता गृहमन्त्री रामबहादुर थापाले बुधबार प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमा ‘विश्व परिवेशमा हेर्दा चिन्तित हुनुपर्ने अवस्था नरहेको’ भनी हल्का टिप्पणी गरेका छन् ।


Advertisment
Nabil box
Kumari

गृहमन्त्री थापाकै पार्टीका महिला सांसदले संविधान नै संशोधन गरेर भए पनि मृत्युदण्डसम्मको कानुन बनाउनुपर्ने माग गर्दै उनलाई ज्ञापनपत्रसमेत बुझाएका छन् । बलात्कार र हत्याका घटनाका विषयमै जानकारी दिन थापा संसदीय समितिमा पुगेका थिए ।

Vianet communication
Laxmi Bank

‘गत वर्ष दिनमा ६ वटा बलात्कारका घटना वरिपरि थियो भने यो वर्ष ७ भन्दा बढी दर्ता भइरहेका छन् भन्ने कुरा आएको छ,’ उनले समितिमा भने, ‘बलात्कार र हिंसाको सन्दर्भमा झन्डै सवा दुई सय देशहरूको अवस्था विश्लेषण गर्दा हामी धेरै चिन्तित हुनुपर्ने स्थिति पनि होइन ।’ सवा दुई सय मुलुकमा पछाडितिरबाट हेर्दा नेपाल ‘सायद टप १५ भित्र’ पर्ने गृहमन्त्री थापाको भनाइ थियो । ‘हामीभन्दा अगाडि विकसित मुलुकहरू छन् । दक्षिण अफ्रिका एक नम्बरमा छ, अमेरिका पनि टप टेनभित्र पर्छ,’ उनले भने ।

गृहमन्त्री थापाको यस्तो भनाइमा प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्रीले पनि ‘हो मा हो’ मिलाए । ‘मन्त्रीज्यूबाट भनिएजस्तै अन्तर्राष्ट्रियस्तरमा बलात्कारका अवस्था हेर्दा एक नम्बरमा दक्षिण अफ्रिका देखिन्छ । यस्तो अपराधको तथ्यांक प्रतिलाखमा राख्ने गरिन्छ । दक्षिण अफ्रिकामा एक लाखमा १ सय ३२ जनामाथि बलात्कार हुने गरेको देखिन्छ । नेपालमा एक लाख २० हजार जनामा एक जनामाथि बलात्कार हुने गरेको घटना दर्ता हुन्छ,’ थापाले भने । तर नेपालको तथ्यांकमा प्रहरीमा दर्ता नभएका वा प्रहरीले दर्ता नगरेका बलात्कारका घटना भने समेटिएको छैन ।

कतिपय बलात्कारका घटना गाउँघरमा पञ्चायती जस्ता अनौपचारिक संयन्त्र र परिवारका व्यक्तिहरूले मिलापत्र गराइन्छ ।

गृहमन्त्री र प्रहरी महानिरीक्षकले चिन्तित हुनुपर्ने अवस्था नरहेको अभिव्यक्ति दिँदा समितिमा रहेका कुनै पनि सांसदले प्रतिप्रश्न गरेनन् । समितिमा महिला सांसदहरू पनि छन् । समितिकी सभापति शशि श्रेष्ठ महिला नै हुन् । आपराधिक चिन्तन, मनोवृत्ति हुनुका साथै कानुन र नीति चुक्दा बलात्कारका घटना बढ्ने गरेको गृहमन्त्रीको भनाइ थियो । समाजमा सांस्कृतिक चेतना न्यून हुनु, राजनीतिक हस्तक्षेप हुनु र नेतृत्व कमजोर बन्नु जस्ता कारणले यस्ता घटना हुने गरेको उनको भनाइ थियो । ‘हत्या, हिंसा र बलात्कारका घटना रोक्न हामीले कानुनको क्षेत्रमा पनि परिमार्जन गर्न र रोकथामका तरिकामा पनि ध्यान दिन सरकारले ठोस कदम उठाउनेछ,’ गृहमन्त्री थापाले भने ।

प्रहरी महानिरीक्षक थापाले चालु आर्थिक वर्षको साउन र भदौमा मात्रै ४ सय ९६ वटा बलात्कारका मुद्दा दर्ता भएको जानकारी दिए । यी घटनाका ८० प्रतिशत पीडक पक्राउ परेको पनि उनले समितिमा जानकारी गराए । २० प्रतिशत बलात्कारका आरोपित भारततिर भाग्ने गरेकाले पक्राउ गर्न नसकिएको उनको भनाइ थियो ।

दर्ता भएका तथ्यांक विश्लेषण गर्दा ८२.२७ प्रतिशत अपराध परिवारका सदस्य वा चिनजानकै व्यक्तिबाट भएको महानिरीक्षक थापाको भनाइ थियो । ‘परिवार र चिनजानकै व्यक्ति बलात्कारमा संलग्न हुने हुँदा घटना हुनु पहिल्यै रोकथाम गर्न गाह्रो भएको छ,’ उनले भने, ‘बुबाले छोरीलाई बलात्कार गरेका घटना पनि छन् । हामीलाई अप्ठ्यारो के हो भने एउटा बुबाछोरीलाई स्कुल पुर्‍याउन गइरहेको छ भने हामीले उसलाई बुबा भनेर हेर्ने कि बलात्कारी भनेर हेर्ने ? तथ्यांकले त बलात्कारी भनेर हेर्ने सहुलियत प्रहरीलाई दिएको छ ।’ बलात्कारलाई न्यूनीकरण गर्नका लागि परिवार, समाज, प्रहरीलगायत सबै लाग्नुपर्ने उनको जोड थियो । कान्तिपुर दैनिकमा जयसिंह महराले खबर लेखेका छन्  ।


 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x