कात्तिक १९, २०८०
समय : आइतवार बिहान ७ बजे स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्याएको ठाउँ) ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...
असोज १५, २०७७
पर्यटकीय नगरी पोखराको एक चिनारी प्याराग्लाइडिङ पनि हो । चीलझैं फनफनी आकाशमा उड्ने यही प्याराग्लाइडिङ कोरोना भाइरस (कोभिड–१९) प्रभावका कारण भएको लकडाउन र निषेधाज्ञाले अन्य क्षेत्रझैं ६ महिनादेखि बन्द थियो ।
कोरोना जोखिम कायमै रहे पनि पछिल्लो समय सरकारले विविध क्षेत्र सञ्चालन गर्ने क्रममा प्याराग्लाइडिङ सञ्चालनमा पनि छुट दिएको छ ।
गत असोज १ गतेदेखि नै पोखराका प्याराग्लाइडिङ सञ्चालन गर्न सकिने भनिएकोमा व्यवसायीले असोज ५ गतेपछि मात्र लामो समयको स्थगनपछि अनौपचारिक उडान थालेका थिए । अनौपचारिक उडानको झण्डै १० दिनपछि बिहीवारदेखि औपचारिक रूपमा व्यावसायिक प्याराग्लाइडिङ उडान हुँदैछ ।
नेपाल हवाइ खेलकुद संस्था (ना) अध्यक्ष कृष्ण भण्डारीले कोरोना जोखिममा आवश्यक स्वास्थ्य सचेतना अपनाउँदै २–४ वटा कम्पनीले मात्र औपचारिक उडान थाल्ने जानकारी दिए । उनले भने, ‘लामो समयको लकडाउनपछि असोज ५ गतेदेखि अनौपचारिक उडान गरिएकोमा केही कम्पनीले ग्लाइडरको परफमेन्स चेक गरेका छन् । कागजपत्र अद्यावधिक गरिसकेका छन् । तसर्थ २–४ कम्पनीले बिहीवारदेखि औपचारिक उडान गर्न लागेका हुन् ।’
उडान दररेटमा समेत छुट दिइएको छ । विगतमा प्याराग्लाइडिङ उड्दा ७ हजार ५०० रुपैयाँसम्म पर्ने गरेकोमा मानिसको चाप कम भएकाले सो मूल्य समायोजन गरी ५ हजार रुपैयाँसम्ममा उडान गर्न कम्पनीहरू तयार छन् ।
चालू सिजन प्याराग्लाइडिङ उडाउने मुख्य सिजन हो । तर पोखरामा कोरोना प्रभावका कारण विदेशी पर्यटक आउन सकेका छैनन्, यहाँ भएका पनि अधिकांश आ–आफ्नो देश फर्केका छन् । प्याराग्लाइडिङको लागि हाललाई लक्षित ग्राहक भनेका नेपाली नै हुन् ।
पोखराका ६० वटा प्याराग्लाइडिङ कम्पनी संघमा आबद्ध छन् । कोरोनाका कारण प्याराग्लाइडिङ रोकिँदा ६ महिनामा करीब ५० करोड रुपैयाँ घाटा हुन पुगेको नाको अनुमान छ । पोखराको प्याराग्लाइडिङमा १ हजार जना प्रत्यक्ष रूपमा रोजगाररत छन् । जसमा हरेक कम्पनीमा कम्तीमा १ जना पाइलट, ३ जना अन्य स्टाफ हुने गर्छन् । टेकअफ र ल्यान्डिङ गर्दा ५०–६० जना कर्मचारी आवश्यक पर्छन् भने कम्पनीको मार्केटिङको लागि कर्मचारी खटिएका हुन्छन् । प्याराग्लाइडिङका लागि नेपाली र विदेशी गरी ३०० बढी पाइलट आबद्ध थिए । यसरी समग्रमा १ हजार जतिले प्याराग्लाइडिङ क्षेत्रमा प्रत्यक्ष रूपमा रोजगारी प्राप्त गरेका छन् ।
पर्यटन प्रवद्र्धनको महत्त्वपूर्ण क्षेत्र मानिने प्याराग्लाइडिङ कम्पनीको लागि सरकारले विशेष छुट दिनुपर्ने नाको माग छ । प्याराग्लाइडिङबाटै २०७२ सालमा सर्वाधिक मूल्य अभिवृद्धि कर बुझाई कास्कीमा उत्कृष्ट करदाताको रुपमा यो संस्था सम्मानित भएको थियो । तसर्थ ठूलो संख्यामा व्यक्तिहरू रोजगाररत रहेको र खेलमार्फत पोखरा चिनाउने भएकाले सरकारले विशेष ध्यान दिनुपर्ने नाको माग छ ।
नेपालमा २ दशकको यात्रा
युरोपबाट शुरू प्याराग्लाइडिङले नेपालमा २ दशकको यात्रा पूरा गरिसकेको छ । नेपालमा प्याराग्लाइडिङ भित्र्याउनुको पहिलो श्रेय वंजन परिवारलाई जान्छ । युरोपका धेरै देशबाट विकसित प्याराग्लाइडिङ नेपालमै पहिलो पटक नुवाकोटका विरु वंजनको प्रयासमा पोखरामा सन् १९९२ देखि वंजन परिवारले भित्र्याएका हुन् ।
प्याराग्लाइडिङ भित्रिएसँगै उनकै छोरा राजेश नेपालकै पहिलो प्याराग्लाइडिङ पाइलटको रूपमा चिनिए । पर्यटन व्यवसायीका अनुसार पोखरामा सन् १९९० देखि व्यावसायिक उडान थालिएको इतिहास छ ।
त्यसबेला बेलायतका स्टक्टर एडम हिलले पोखरामा पहिलो पटक प्याराग्लाइडिङको सफल उडान गरेपछि पोखरामा साहसिक प्याराग्लाइडिङको बाटो खुलेको हो । पोखराको पहिलो प्याराग्लाइडिङ कम्पनी सनराइज हो । सनसाइज प्याराग्लाइडिङ सञ्चालन गरेका विरु विदेशिएपछि उनका छोराले सोको जिम्मेवारी लिएका थिए ।
साहसिक खेल प्याराग्लाइडिङको आकर्षणले बिस्तारै १५९२ मिटर उचाइको सराङ्गकोट प्याराग्लाइडिङले महत्त्वपूर्ण स्थानको रूपमा चिनारी बोक्यो । पोखरामा वर्षको ९ महिनासम्म प्याराग्लाइडिङ उडाउन पाइन मौसमले साथ दिने भएकाले पनि यसको आकर्षण बढ्दै गयो । यसरी क्रमशः प्याराग्लाइडिङ कम्पनी खुल्दै गए । हाल यसको संख्या ५ दर्जन पुगेको हो । पोखराको सराङ्गकोटबाट डोरी र ग्लाइडर साथमा जोखिम मोलेर आकाशमै विना इञ्जिन स्वतन्त्र उड्न विदेशीसँगै नेपालीको आकर्षण बढ्दै गएको हो । सराङ्गकोटबाट उडेका मानिसहरू फेवाताल किनार खहरेमा अवतरण गर्ने गर्छन् ।
पछिल्ला केही वर्ष पोखरासहित छिमेकी स्याङ्जाको स्वरेकमा पनि व्यावसायिक उडान थालिएको थियो । त्यहाँ प्रथम नेपाल प्याराग्लाइडिङ एकुरेसी (स्पोट ल्यान्डिङ) वल्र्ड कप समेत २ वर्षअघि सफलतापूर्वक सम्पन्न भएको थियो । पोखरामा निर्माणाधीन अन्तर्राष्ट्रिय क्षेत्रीय विमानस्थल पूरा भएपछि पोखराको आकाशबाट भने प्याराग्लाइडिङ कम्पनी विस्थापित हुनुपर्नेछ । सोको लागि नजिकका ठाउँमा उपयुक्त स्थान खोजी समेत शुरू भइसकेको छ ।
एसियाली गेम्समा चम्केको प्याराग्लाइडिङ
राज्यले नपत्याएको प्याराग्लाइडिङ खेलले २ वर्षअघि १८ औं एसियाली गेम्समा रजत पदक जितेसँगै नेपालको साख जोगाएको थियो । एसियाली गेम्समै पहिलो पटक सहभागी गराइएको प्याराग्लाइडिङमा नेपालले सन् २०१८ अगस्ट २० देखि २९ सम्म जाकार्तामा भएको खेलमा पहिलो पटक सहभागी हँुदै रजत पदक जित्न सफल भएको थियो ।
प्याराग्लाइडिङको ६ स्वर्ण पदकको लागि भएको प्रतिस्पर्धामा नेपालले ५ जना खेलाडी संलग्न भएको ‘क्रस कन्ट्री इभेन्ट’मा जापानलाई २७ अंकले पछि पार्दै रजत पदक हात पार्न सफल भयो । पोखराका खेलाडी विमल अधिकारीको कप्तानीमा विशाल थापा, युकेश गुरुङ, सुशील गुरुङ र विजय गौतमको टीमले उत्कृष्ट प्रदर्शन गरी एसियाली गेम्समा नेपाललाई पदकविहीन हुनबाट बचाएका थिए ।
प्याराग्लाइडिङको सामूहिक खेलमा नेपालले धेरै वर्षपछि रजत जित्न सफल भएको छ । यसअघि नेपालले १७ औं एसियाली गेम्समा एकलतर्फ कास्य पदक ल्याएको थियो । राज्यस्तरबाट मान्यताप्राप्त प्याराग्लाइडिङ खेल भए पनि राज्यले पर्याप्त लगानी नगर्दा पनि सफलताले धेरै सम्भावनाको ढोका खुलेको प्याराग्लाइडिङ प्रशिक्षक योगेश भट्टराईको भनाइ छ ।
समय : आइतवार बिहान ७ बजे स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्याएको ठाउँ) ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...
नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...
रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...
श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...
प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...
बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...