सुनचाँदीको मूल्य घट्यो

नेपाली बजारमा सुनचाँदीको  मूल्य बिहीवार घटेको छ । 

आज सुनको भाउ तोलामा २ सय रुपैयाँ घटेर तोलाको ९४ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।


Advertisement

बुधवार सुन तोलामा ५ सय रुपैयाँ बढेर तोलाको ९४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै चाँदी आज तोलामा १५ रुपैयाँ घटेको छ ।


Advertisement

चाँदी आज तोलाको एक हजार १ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्