टर्कीले नागोर्नोमा सिरिया र लिबियाबाट आतंकवादी पठाएको रुसको आरोप

आर्मेनिया र अजरबैजानबीच विगत पाँच दिनदेखि नागोर्नो–काराबाख क्षेत्रमा भइरहेको भिडन्तमा टर्कीले सिरिया र लिबियाबाट आतंकवादीहरू पठाएको आरोप रुसले लगाएको छ । 

रुसको परराष्ट्र मन्त्रालयले उक्त क्षेत्रमा सिरिया र लिबियाका अवैध सशस्त्र समूहका लडाकूहरू आएको बतायो । 


Advertisement

भिडन्त गरिरहेका मुलुकले विदेशी आतंकवादी र भाडाका सिपाहीहरूको उपयोगलाई रोक्न रुसले आह्वान गरेको छ । 
 

सिरियाली विद्रोहीहरूका दुई स्रोतले बताएअनुसार, टर्कीले अजरबैजानको समर्थनका लागि सिरियाली विद्रोही लडाकूहरू पठाइरहेको छ । 


Advertisement

यसैबीच टर्कीको लडाकू विमान एफ–१६ ले आफ्नो सु–२५ लडाकू विमानलाई खसाएको भन्दै आर्मेनियाले ध्वस्त भएको विमानको तस्वीर सार्वजनिक गरेको छ । टर्कीले अजरबैजानलाई सैन्य सहयोग गरिरहेको आरोप प्रमाणित गर्न यो तस्वीर सार्वजनिक गरिएको हो । 

उक्त आक्रमणमा परी मेजर भ्यालेरी ड्यानेलिनको मृत्यु भएको आर्मेनियाले जनाएको छ । 

टर्कीले मुसलमान मुलुक अजरबैजानलाई समर्थन गरिरहेको छ जसले गर्दा क्रिस्चियन आर्मेनियामा सैन्य अड्डा भएको रुस पनि युद्धमा सहभागी हुने खतरा बढेको छ । पोहोर साल सिरियामा रुस र टर्की झण्डैले भिडेका थिए । 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्