×

NMB BANK
NIC ASIA

समयमा शुरू हुन सकेन चिया परीक्षण केन्द्र

असोज १५, २०७७

NTC
Sarbottam
सांकेतिक तस्वीर
Premier Steels
Marvel

इलाम । विभिन्न समस्याले यहाँस्थित सूर्योदय नगरपालिकामा निर्माण हुन लागेको ‘चिया परीक्षण तथा प्रवद्र्धन केन्द्र’को काम अझै शुरु हुन सकेको छैन ।

Muktinath Bank

गएको चैतबाटै शुरु हुने भनिए पनि कोरोना र वर्षाको समस्या देखाउँदै केन्द्रको काम शुरु नभएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रदेश नं १ सरकारको साझेदारीमा सूर्योदय नगरपालिकाले रु २३ करोडको लगानीमा उक्त केन्द्र निर्माण गर्न लागेको हो । प्रदेश सरकारको ७५ प्रतिशत र नगरपालिकाको २५ प्रतिशत लगानी रहने जनाइएको छ । 


Advertisment
Nabil box
Kumari

नगरपालिकाले पाँच वर्षमा भवन निर्माण सक्ने बताएको थियो । हालसम्म पनि भवनको निर्माण कार्य नथालिएकाले भवन निर्माण म्यादभित्र नसकिने सम्भावना बढेको छ । “फागुनमै डीपीआर (विस्तृत परियोजना प्रतिवेदन) लगायतका काम सम्पन्न भएको थियो”, सूर्योदय चिया सचिवालयका संयोजक देवेन्द्र शर्माले भने, “तर कोरोना र पानी बढेका कारण हालसम्म शुरु हुन सकेको छैन ।”

Vianet communication
Laxmi Bank

शर्माका अनुसार भवनमा चिया परीक्षण मात्र नभई भवनभित्र चियाको सङ्ग्रहालय, मिटिङ हल, विदेशी पाहुना बस्ने भवनसमेत हुनेछ ।

विदेशी पर्यटक आउँदा चियाको अध्ययन गर्न सहज बनाउन सङ्ग्रहालयसमेत भवनमा रहने शर्माको भनाइ छ । नगरका इञ्जिनीयर सिर्जन बरालका अनुसार चियाको टेस्टिङका लागि पाँच वटा भवन (ब्लक) निर्माण हुनेछन् । 

एउटा ब्लकमा प्रशासन र जानकारी दिने अफिस, दोस्रो ब्लकमा सङ्ग्रहालय र चियाको परीक्षण भवन रहने छ भने तेस्रो ब्लकमा शौचालय र कटेज बनाइने इञ्जिनीयर बरालको भनाइ छ ।

यस्तै, चौथो ब्लकमा बैठक बस्ने सभाकक्ष रहने छ भने पाँचौंमा विदेशी पर्यटकका लागि अतिथि कक्ष रहने छ ।

“केही भवन दुईतले र कुनै तीनतले बनिने छन्” बरालले भने, “तर समयमा शुरु गर्न सकिएन ।”

शुरुमा कोरोनाका कारण ठेकेदारले काम नथाले पनि साउनको पहिलो हप्ताले थाल्ने सक्रियता देखाएको थियो तर मध्य वर्षाको समय भएकाले झरीपछि मात्र काम थाल्न नगरले निर्देशन दिएकाले ढिलाइ भएको बरालको भनाइ छ ।

गएको वर्ष चिया परीक्षण केन्द्र बनाउनका लागि मुख्यमन्त्री शेरधन राईसहित भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका पदाधिकारीले नगरपालिकासँग सम्झौता गरेका थिए । रासस

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x