×

NMB BANK
NIC ASIA

कीर्ते मुद्दामा सफाइ पाएपछि इन्सपेक्टरको भेष, ९ महिने योजनामा लोक सेवाको नक्कली परीक्षा

असोज १५, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

प्रहरी निरीक्षक (इन्सपेक्टर) को बर्दी लगाएर नक्कली परीक्षा सञ्चालन गर्ने नक्कली इन्स्पेक्टरलाई जिल्ला प्रहरी कार्यालय पर्साले पक्राउ गरेको छ ।

Muktinath Bank

इन्सपेक्टरको बर्दी लगाएर लोक सेवा आयोगबाट हुने खरिदारको लिखित परीक्षा, प्रहरी सहायक निरीक्षक र राष्ट्रिय अनुसन्धान विभागको सहायक सूूचकको परीक्षा लिइरहेको अवस्थामा प्रहरीले वीरगञ्ज महानगरपालिका–१६ स्थित देव पार्टी प्यालेसबाट बुधवार दिउँसो इन्स्पेक्टरको बर्दी लगाएका बारा जितपुर सिमरा उपमहानगरपालिका–७ चौधरी टोलका २९ वर्षीय अजयकुमार रायलाई नियन्त्रणमा लिएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) मनोजित कुँवरले बताए ।


Advertisment
Nabil box
Kumari

‘परीक्षा सञ्चालन गर्दैगर्दा विशेष सूचनाको आधारमा वीरगञ्जको देव पार्टी प्यालेसबाट पक्राउ गरेका हौं,’ डीएसपी कुँवरले भने ।

Vianet communication
Laxmi Bank

परीक्षामा २१ जनाले सहभागी जनाएका थिए । परीक्षास्थलबाट नक्कली प्रहरी सहायक निरीक्षकको प्रवेशपत्र २, राष्ट्रिय अनुसन्धान विभागको सहायक सूचककोे पदको प्रवेशपत्र २१, खरिदारको प्रवेशपत्र १ र २६ प्रश्नपत्रसहित प्रहरी निरीक्षकको बर्दीसहित पक्राउ गरेको थियो ।

परीक्षा हलबाट उनका सहयोगी जितपुर सिमरा उपमहानगरपालिका–५ निवासी हिरालाल महतो, बसन्त चौधरी, वीरगञ्ज–१६ का २१ वर्षीय रविकुमार चौरसिया, पकाहामैनपुर गाउँपालिका–५ सबैठवाका शिवनारायण चौरसिया, वीरगञ्ज–११ रानीघाट निवासी २५ वर्षीय रामजी चौरसियालाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ । तर ती सहयोगीलाई पनि गुमराहामा राखेर परीक्षा सञ्चालन गरेको पाइएको डीएसपी कुँवरले लोकान्तरलाई बताए ।

रायले ९ महिना अघिदेखि जिल्लाका विभिन्न चौकीमा जाने, प्रहरी निरीक्षक भएको कुरा विश्वास दिलाउँदै आएका थिए । कोरोना भाइरस संक्रमणको समयमा रोकिएको परीक्षा सञ्चालनको लागि ९ महिनादेखि योजना बनाएको देखिएको छ ।

परीक्षार्थीलाई जम्मा गरेर काठमाडौंबाट बर्दी किनेर परीक्षा सञ्चालन गरेको पाइएको डीएसपी कुँवरले बताए । प्रहरीको प्रारम्भिक अनुसन्धानमा १३ जना परीक्षार्थीसँग १ हजार, १० हजारदेखि १ लाख ५० हजार गरी ३ लाख ६१ हजार रुपैयाँ उठाएको देखिएको छ । 

२०७२ सालमा बारा जिल्लामा सरकारी छाप दस्तखत कीर्ते गरेको मुद्दामा ११० दिन पुर्पक्षको लागि थुनामा बसेको देखिएको डीएसपी कुँवरले लोकान्तरलाई बताए । मुद्दामा सफाइ पाएपछि उनी छुटेका थिए । छुटेपछि इन्सपेक्टरको भेष धारण गरेर ठगीधन्दा शुरू गरेको पाइएको प्रहरीले जनाएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x