×

NMB BANK
NIC ASIA

शुरु भयो चाडपर्व लक्षित सुपथ मूल्य पसल, होम डेलिभरी पनि गरिने

असोज १५, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

साल्ट टे«डिङ कर्पोरेशन प्रालि, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र दुग्ध विकास संस्थानले संयुक्त रुपमा काठमाडौँ उपत्यका र उपत्यका बाहिरका विभिन्न शहरमा चाडपर्व लक्षित सुपथ मूल्य पसल शुरु गरेका छन् ।

Muktinath Bank

तीन संस्थाले दशैँतिहार, छठलगायत चाडपर्व नजिकिँदै गर्दा नागरिकलाई सहुलियत मूल्यमा खाद्यन्न उपलब्ध गराउन पसल शुरु गरेको बताएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ती संस्थाले नियमित रुपमा बिक्री गर्दै आएका खाद्यान्नमा छुटको व्यवस्था गरेको खाद्य व्यवस्था कम्पनीका नायब महाप्रबन्धक श्रीमणिराज खनालले जानकारी दिए ।


Advertisment
Nabil box
Kumari

उनका अनुसार प्रत्येक खाद्यान्नमा प्रतिकिलो झण्डै रु पाँचसम्म छुट दिइएको छ । उनले भने, 'हामीले चामल, सिमी, फापरलगायतका सबै खाद्यान्नमा छुट गरेका छौँ, साल्ट ट्रेडिङ र डिडिसीले पनि छुट गरेका छन् ।'

Vianet communication
Laxmi Bank

नेपालमा कोभिड–१९ को सङ्क्रमण बढिरहेकाले त्यसबाट बचेर सामान खरीदबिक्री गर्ने व्यवस्था मिलाइएको खनालले जानकारी दिए ।

सबै स्थानमा सामाजिक दूरी कायम गर्ने, साबुनपानीले हात धुने र सेनेटाइजरको प्रयोग गर्ने व्यवस्था मिलाइएको छ । उनले भने, 'उपभोक्ता आफैँ पनि सजग हुन खाँचो छ ।'

कम्पनीले यस वर्ष सहुलियत पसल सञ्चालन गर्दा झण्डै रु २५ हजार क्विन्टल खाद्यान्न बिक्री गर्ने लक्ष्य लिएको छ । गत आवमा १७ हजार क्विन्टल खाद्यान्न बिक्री भएको थियो ।

कोरोनाको रोकथामका लागि सरकारले बन्दाबन्दी जारी गरेसँगै कम्पनीले ‘होम डेलिभरी’ समेत शुरु गरेको छ । सामान बिक्री कक्षमा जान नसक्ने उपभोक्ताका लागि लक्ष्य गरेर ‘होम डेलिभरी’ शुरु गरिएको हो । उपत्यकाका रामशाहपथ, थापाथली, कालीमाटी, कोटेश्वर, टेकु, प्रयागपोखरी, जावलाखेल, भक्तपुरलगायत स्थानमा बिक्री कक्ष छन् ।

उपत्यका बाहिर ४९ स्थानमा पसल सञ्चालित छ । यी स्थानमा तीनै संस्थाले आआफ्ना सामानको फरकफरक कक्ष राखेका छन् । यी संस्थाले विगत वर्षदेखि नै चाडपर्वलाई लक्ष्य गर्दै सहुलियत मूल्यमा खाद्यान्न बिक्री गर्दै आएका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x