पीसीआर परीक्षण निःशुल्क गर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले कोरोना भाइरस भए–नभएको पत्ता लगाउन गरिने पीसीआर परीक्षण निःशुल्क गर्न सरकारलाई आदेश/परमादेश दिएको छ ।

अधिवक्ता लोकेन्द्र ओली र केशरजंग केसीले दायर गरेको रिटमा बिहीबार सर्वोच्चका न्यायाधीश द्वय डा आनन्दमोहन भट्टराई र टङ्कबहादुर मोक्तानको संयुक्त इजलासले सो आदेश दिएको हो ।


Advertisement

गत भदौ २८ गते सरकारलाई विपक्षी बनाएर ओली र केसीले नि:शुल्क पीसीआरको व्यवस्था हुनुपर्ने माग गर्दै रिट दायर गरेका थिए ।

 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्