पाइलट विजय लामाले जिते कोरोना

काठमाडौं । वरिष्ठ पाइलट विजय लामाले कोरोना जितेका छन् । नेपाल वायुसेवा निगमका वरिष्ठ पाइलट लामा बिहीबार कोरोनामुक्त भएका हुन् ।
२९ भदौमा कोरोना संक्रमण पुष्टि भएका उनको ललितपुरस्थित स्टार अस्पतालमा उपचार हुँदै आएको थियो ।

उनले कयौँ पीडाबीच आफूले कोरोनासँग हरेक दिन संघर्ष गरेर जितेको बताए । उनले कोरोनाविरुद्धको लडाईँमा आफूलाई साथ दिने चिकित्सकसहित स्वास्थ्य लाभको कामना गर्ने सबैप्रति आभार व्यक्त गरेका छन् ।


Advertisement


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्