विश्वभर कति पुगे कोरोना संक्रमित, अमेरिकामा मात्रै साढे ७४ हजार बढी संक्रमित

काठमाडौं । विश्वभर कोरोनाभाइरस संक्रमितको संख्या ३ करोड ४२ लाख नाघेको छ । बिहीबार रातिसम्म विश्वभर कोरोना संक्रमितको संख्या ३ करोड ४२ लाख ५६ हजार पुगेको वर्ल्डोमिटर्सको तथ्यांकमा उल्लेख छ ।
हालसम्म कोरोना संक्रमित भइ निको भएकाको संख्या २ करोड ५४ लाख ९५ हजार रहेको छ भने मृतकको संख्या १० लाख २० हजार नाघेको छ ।

यस्तै  हालसम्म अमेरिकामा मात्रै कोरोना संक्रमितको संख्या ७४ लाख ६० हजार नाघेको छ । यस्तै हालसम्म अमेरिकामा २ लाख १२ हजार ४८ जनाले ज्यान समेत गुमाएका छन् ।
हालसम्म सो देशमा कोरोना निको हुनेको संख्या ४७ लाख १२ हजारको हाराहारीमा रहेकामा अझै पनि २५ लाख बढी सक्रिय संक्रमित रहेका छन् ।  अमेरिकापछि भारतमा ६३ लाख बढी कोरोना संक्रमित छन् ।


Advertisement


Advertisement

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्